२९ जेठ, पर्वत । पुरुषहरु मात्र कार्यालय प्रमुख रहने प्रचलन अव अन्त्य हुँदै गएको छ । लोकसेवा आगोग मार्फत सरकारी कर्मचारी बनेकाहरु अहिले जिल्ला कार्यालय प्रमुखमा पदस्थापना हुन थालेका छन । केहि समय अघिसम्म जिल्ला स्थित सवै सरकारी कार्यालयहरुमा पुरुष मात्र कार्यालय प्रमुख रहँदै आएका थिए । त्यो प्रचलनको अब क्रमशः अन्त्य हुँदै गएको छ । कार्यालय प्रमुखमा सरकारले महिलालाई खटाउन थालेपछि महिला र पुरुषको सम विकासको वहस अब नयाँ गतिमा शुरु हुन थालेको हो ।
पर्वत जिल्लाका सवै कार्यालयको पनि प्रमुखको रुपमा संघिय सरकारको प्रतिनिधि कार्यालय जिल्ला प्रशासन कार्यालय पर्वतमा पहिलो पल्ट महिला सिडिओ आएकी छिन । कल्पना घिमिरे नेपालले केहि दिन अघि देखि मात्रै प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी बहन गरेकी हुन । उनी रुपन्देहीबाट सहयाक सिडिओको जिम्मेवारीबाट सरुवा हुँदै पर्वतको प्रमुख जिल्ला अधिकारी बन्नेकी हुन । उनी नेपाल सरकारको उप सचिव स्तरको कर्मचारी हुन ।
उता, पर्वतको नापी कार्यालयमा केहि महिना देखि निशा अधिकारी कार्यालय प्रमुखको जिम्मेवारीमा छिन । नापी कार्यालय संघिय सरकारको कार्यालय हो । अधिकारी संघिय सरकारको अधिकृत स्तरको कर्मचारीह हुन । पुरुषले मात्र होइन कार्यालय प्रमुखको भूमिका महिलाले पनि बहन गर्नसक्छन भन्ने मान्यता अव भने स्थापीत हुँदै गएको छ ।
स्वास्थ्य कार्यालय पर्वतको प्रमुखको रुपमा सजिना महर्जनले जिम्मेवारी सम्हालिरहेकी छिन । गण्डकी प्रदेश सरकारको मातहतमा उक्त कार्यालय पर्दछ । महर्जन प्रदेश सरकारको जनस्वास्थ्य अधिकृत हुन ।
उता, प्रदेश सरकारकै मातहतमा रहेको जिल्लाको एक मात्र अस्पतालको प्रशासन प्रमुखमा पनि डा. सन्तोषी थपलियाले जिम्मेवारी लिइरहेकी छिन । थपलिया एमविविए उर्तिण विशेषज्ञ डाक्टर हुन । जिल्लामा महिला सिडिओ भएको बेला अन्य ३ कार्यालयका प्रमुख पनि महिलाले जिम्मेवारी बहन गरेका छन ।




