Print

पर्वतको माझफाँटमा जीप दुर्घटना

४ जेठ, पर्वत । जिल्लाको जलजला गाउँपालिका वडा न ३ माझफाँट स्थित भर्तुलाको भिरमा जीप दुर्घटना भएको छ । पर्वत वेनी देखि माझफाँट हुँदै लोप्रे जाँदै गरेको ग १ ज ८२४० नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परी जलजला गाउँपालिका ५ लोप्रे वस्ने ४२ बर्षिया रुपा पुर्जा मगर र ५६ बर्षिया माया पुन घाइते भएका छन ।

उकालोमा जाँदै गरेको जीपको ब्रेल फेल भई दुर्घटना भएको गण्डकी प्रदेशका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक गोविन्द पुरीले जानकारी दिए । पुरीका अनुसार जीपमा सवार अरु यात्रु भने सकुसल रहेका छन ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।