२ वैशाख, पर्वत । युवासंघ नेपाल जिल्ला कमिटि पर्वतले बारा जिल्लामा हुरीका कारण पिडित बनेकाहरुलाई राहत वितरण गरेको छ । युवा संघका केन्द्रिय सदस्य बिमल लामिछानेको नेतृत्वमा गएको टोलीले वारा जिल्लाका पिडितहरुका लागि खाद्यन्न सामाग्री वितरण गरेको हो । हुरी वतासका कारण वारा जिल्लाका विभिन्न ठाउँमा ठूलो धन, जनको क्षति पुगेको थियो ।
पिडितहरुलाई सानो भए पनि सहयोग होस् भनेर आफूहरुले खाद्यन्न सामाग्री वितरण गरेको युवा संघ पर्वतका अध्यक्ष थमनारायाण पौडेलले जानकारी दिए । वाराका पिडितहरुलाई उनीहरुकै वासस्थानमा पुगेर राहत सामाग्री वितरण गरिएको पौडेलको भनाई छ । उनीहरुलाई राहत वितरणका लागि सहयोग संकलन अभियान यस अघि युवा संघ पर्वतले जिल्लाको कुश्मा बजारमा सञ्चालन गरेको थियो ।
राहत संकलन अभियानबाट संकलन भएको झण्डै ५० हजार नगद रकममा युवासंघको तर्फबाट रकम थप गरी झण्डै एक सय परिवारका लागि राहत वितरण गरिएको हो । राहत वितरणका लागि युवा संघ पर्वतका पदाधिकारीहरु वारा जिल्ला पुगेका हुन ।




