Print

पार्वतीको जन्मभूमि चिनाउँन पर्वतको कुश्मामा विराट महायज्ञ शुरु

२ वैशाख, पर्वत । हिमालय पर्वतकी छोरी माता पार्वतीको जन्मभूमि बिश्वास गरिएको पर्वत तपस्या गरेको गुप्तेश्वर गुफालाई बिश्वभर चिनाउन बिराट गुप्तेश्वर कोटिहोम तथा तुलादान महायज्ञ बुधबार देखि शुरु भएको छ ।
जनकपुरलाई सिताको जन्मभूमि जस्तै पर्वतलाई पार्वतीको जन्मभूमिको रुपमा स्थापित गराउनका लागि पर्वतको कुस्मामा जेठ १ देखि ११ गते सम्म महायज्ञ आयोजना गरिएको हो । महायज्ञको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरे ।

महायज्ञ उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले कुनै पनि प्रलोभन देखाएर धर्म परिर्वतन गर्न नपाइने बताए। ‘नेपालमा धार्मिक सहिष्णुता कायम छ ।’ अध्यक्ष तिमिल्सिनाले भने ‘ सहिष्णुता भत्काउने गरि कसैले पनि जर्बजस्ती प्रलोभन देखाउँदै धर्म परिर्वतन गराउन पनि हुँदैन ।’

कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सदस्य पदम गिरीले नेपाल सम्बृद्धिको दिशामा अघि बढेको हुँदा धार्मिक र पर्यटकीय गन्तब्यहरुको बिकास गरेर त्यसमा एउटा इट्टा थप्न आग्रह गरे । उनले कालीगण्डकी र पर्वतका धार्मिक र पर्यटकीय गन्तब्यहरुको बिकास लागि हामी सबैले मिलेर गर्नुपर्छ भने।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्साल, प्रमुखबाचक इश्वरकृष्ण भुर्तेल, संबिधानसभाका सदस्य कल्पना चापागाई, पुर्ब साँसद ऋषिकेश तिवारी, प्रदेशसभासदस्यहरु जुनादेबी नेपाली, ललितकला गुरुङ्ग, जिल्ला समन्वय समितिका प्रमुख मनोहर बिश्वकर्मा पौडेल, कुस्मा नगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछाने, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, नेकपा पर्वतका नेता भक्त कुवँर, नेपाली कांग्रेसका उपसभापति दुर्गाबहादुर खत्री, पत्रकार महासंघ पर्वतका उपाध्यक्ष प्रनिश गिरी, बह्माकुमारी सुधा लगायतले महायज्ञ सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

महायज्ञ मुल आयोजक समितिका संयोजक पृथ्वीनारायण शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा धन्यबाद ज्ञापन बरिष्ठ उपाध्यक्ष केदारनाथ शर्मा र सञ्चालन महासचिब अच्युत तिवारीले गरेका थिए । महायज्ञ उद्घाटन कार्यक्रम अघि झाकी सहितको भब्य कलशयात्राले कुस्मा बजार परिक्रमा गरेको थियो ।
महायज्ञमा संकलित रकमबाट बिश्वकै अग्लो शिब पार्वतीको मुक्ति बनाउने, गुप्तेश्वर परिसरमा २०८ कोठाको धर्मशालासहित सत्सङ्ग आश्रम र भव्य सिसमहल निर्माण गर्ने मुख्य उद्देश्य समेत राखिएको छ ।