१८ वैशाख, पर्वत । जिल्लाको फलेवास नगरपालिकाको वडा न ७ लिमिठानामा एक घर एक धारा अभियान सफल बनाउने अभियान सञ्चालन भएको छ । वडा भित्र रहेका झण्डै ३ सय ९० घर धुरी मध्ये सवै घरमा एक/एक वटा नीजि धाराको जडान गरी वडालाई एक घर एक धारा अभियान अन्तर्गत जिल्लाकै पहिलो स्वच्छ पिउने पानी उपलब्ध भएको वडा घोषणा तयारी भएको हो ।
साविक लिमिठाना गाउँ विकास समितिका पूर्व उपाध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टीका प्रदेश कमिटि सदस्य देवेन्द पाण्डेका अनुसार चालु बर्ष मै खानेपानीका सवै योजनाहरु सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयबाट चालु बर्षमा विनियोजन भएको ४० लाख रुपैंयाले दुईवटा स्मिकका योजनाहरु अगाडि बढिरहेको बताउँदै पाण्डेले आगामी बर्ष वडालाई एक घर एक धारा युक्त वडा घोषणा गरिने दावी गरे । पाण्डेले योजनाहरु चालु बर्षमा नै पुरा नभएमा अर्कोसम्म जसरी पुरा पुरा गरी जिल्लाकै पहिलो वडाको रुपमा स्वच्छ पिउनेपानी उपलब्ध भएको वडा लिमिठानालाई बनाइने प्रतिबद्धटा समेत ब्यक्त गरे ।
प्रतिनिधि सभाका सदस्य सांसद पदम गिरीले यस अघि जिल्लाका सवै वडाहरुरुमा स्वच्छ पिउने पानीको उपलब्धता गराउने प्रतिबद्धता गरेका छन । गिरीले अभियानलाई सफल बनाउन प्रदेश र संघबाट जिल्लामा बजेटको कुनै कमि हुन नदिने गरी समन्वय भईरहेको बताए । उनले काम सक्ने योजनाहरुमा बजेटको कमी हुन नदिने गरी कार्यक्रम अगाडि बढाइएको बताए ।
खानेपानी तथा र सरसफाई डिभिजन कार्यालय बागलुङका डिभिजन प्रमुख इन्जिनियर प्रेम डोटेलले १ करोड रकमसम्म खर्च गर्न माथिल्लो निकायमा अनुमति लिन नपर्ने भएकाले ४० लाखको योजना अगाडि बढाउँदै अधिकतम १ करोड रकम लिमिठानाका दुवै स्मिममा यसै बर्ष खर्च गर्न सकिने बताए । उनले पहिलो स्मिमा झण्डै ९० घर धुरी र दोस्रो स्मिमा झण्डै ६० घर धुरीमा खानेपानी पुराउने गरी काम अगाडि बढाईएको बताए । झण्डै १ सय ५० घर धुरीमा खानेपानीको धारा जडान गर्दा लिमिठानालाई एक घर एक धारा अभियान अन्तर्गतको सफल वडा घोषणा गर्न सकिने डोटलको भनाई छ । यस अघिका साना खानेपानीका आयोजनाहरुलाई विस्थापीत गरी ठूला आयोजनाहरुको पुर्ननिर्माण मार्फत वडाका सवै घर धुरीमा खानेपानी आयोजना पुराउने गरी काम भईरहेको कार्यालय प्रमुख डोटेलको भनाई छ ।सात मुले मुलबाट आएको पानीले वडाका सवै जसो घरधुरीमा खानेपानी पुराउन सकिने भएको हुँदा काफलबोट खानेपानी योजनासंगै सात मुले मुलको योजनाको काम अगाडि बढाइएको डोटेलले जानकारी दिए ।
वडाअध्यक्ष हरीराम रेग्मीले योजनाको काम जति छिटो सकिन्छ त्यति नै छिटो वडाका सवै घरधुरीमा पिउने पानी पुराइने बताए । उनले नागरिकको पहिलो नैसंर्गीक अधिकार खानेपानी रहेकोले सवैको घर घरमा घरमा पानी पुराउने काम छिट्टै सम्पन्न गरिने दावी समेत गरे ।




