Print

नेकपामा पार्टी प्रवेश गराएर पुनः अध्यक्षको जिम्मेवारी सम्हाले पर्वतका सांसद गिरीले

११ वैशाख, पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्षमा मनोनित भएलगतै पर्वत जिल्लाका नेकपाका अध्यक्ष पदम गिरीले एक कार्यक्रमका वीच पार्टीका नव प्रवेशीलाई स्वागत गरेका छन । नेपाल कम्युनिष्ट पार्टी पर्वतका अध्यक्ष गिरीले पार्टीको जिल्ला कार्यालयमा आयोजीत एक कार्यक्रमका वीच पार्टीका नव प्रवेशीलाई टिका तथा खादा लगाएर पार्टी प्रवेश गराएका हुन ।

जलजला गाउँपालिका वडा न ५ लेकफाँट वन्बडेकी महिला नेत्री डीलकुमारी पुनलाई गिरीले टिका र खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन ।
पुनः नेपाली कांग्रेस निकट थिइन । पार्टी प्रवेश कार्यक्रममा सक्षिप्त भनाई राख्दै अबको ५० बर्षसम्म कम्युनिष्ट पार्टीलाई कुनै शक्तिले पनि पराजय गर्न नसक्ने भन्दै सवै प्रगतिशिल विचार बोक्नेहरु नेकपामा प्रवेश गर्ने दावी गरे ।

उनले कम्युनिष्ट सरकारबाट नै देशमा विकास र परिर्वतन सम्भव भएको उल्लेख गर्दै नव प्रवेशीलाई समाज परिर्वतनको सकारात्मक बाटोमा खुलेर लाग्न अनुरोध गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशका सदस्य मेघनाथ सुवेदी, कुश्मा नगरपालिकाका नगर कमिटि अध्यक्ष शंकर गिरी, जलजला गाउँपालिकाका गाउँपालिका अध्यक्ष दिपक आचार्य, जलजला गाउँपालिकाका वडाअध्यक्षहरुको सहभागीता रहेको थियो ।