Print

नेपाल कम्यूनिष्ट पार्टी पर्वतको अध्यक्षमा गिरी, कार्यकर्तामा उत्साह

९ वैशाख, पर्वत । तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्र वीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थापना भएको हो । दुई कम्युनिष्ट पाटीको स्थापनासंगै नयाँ बनेको नेपाल कम्युनिष्ट पार्टिको पर्वत जिल्ला नेतृत्व सर्वत्र चासोको विषय बनेको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा दुवै पार्टी अलग अलग मोर्चामा थिए । तत्कालीन माओवादी केन्द्र नेपाली कांग्रेससंग देश ब्यापी मोर्चामा थियो ।

तत्कालीन नेकपा (एमाले) ति दुवै शक्तिसंग एक्लै लडेको थियो । पर्वत जिल्लामा घोषित रुपमा नेपाली कांग्रेस र माओवादी केन्द्रको समीकरण भएको थिएन । दुवै शक्ति बेग्ला बेग्लै रुपमा तत्कालीन नेकपा (एमाले) संगै चुनावी मैदानमा थिए । तत्कालीन नेपाल कम्युनिष्ट पार्टीले दुवै शक्तिसंग संघर्ष गर्दै पर्वत जिल्लाका ६१ वटा वडा मध्ये ३९ वटा विजयी गरयो । जिल्लाका ७ वटा स्थानीय तह मध्ये ४ वटा स्थानीय तहमा विजयी प्राप्त गरयो ।

तत्कालीन अवस्थामा नेकपा (एमाले) का जिल्ला अध्यक्ष थिए, पदम गिरी । विद्यार्थी राजनीतिको उत्कर्ष सफलता पछि जिल्लाको राजनीतिमा हात हालेका विद्यार्थी नेता गिरी एक कार्यकार्य जिल्ला कमिटिको सचिवालय मात्र भएनन् दोस्रो कार्यकालमा जिल्ला अध्यक्ष भए । उनै गिरीको नेतृत्वमा भएको स्थानीय तहको निर्वाचनमा उनको पार्टी तत्कालीन नेकपा (एमाले)ले जिल्लाको पहिलो पार्टी बन्यो । पहिलो पार्टी मात्र होइन दुई तिहाइ मत प्राप्त गरयो ।

पर्वत जिल्लामा लामो समय देखि नेपाली कांग्र्रेसको एकछत्र प्रतिनिधित्व थियो । सवै क्षेत्रमा लोकतान्त्रिक संगठन कांग्रेसको पहूँचबाट पर्वतबासीले पहिलो पल्ट उन्मुक्ति पाए ।  कम्यूनिष्ट कार्यकर्ताले त्यहि अनुभूति गरे । जिल्लाको नेतृत्व सधै नेपाली कांग्रेसको छत्रछाँयाबाट ओतप्रोत भएको आरोप लागीरहेको बेला २०७४ सालको निर्वाचनमा तत्कालनि नेकपा (एमाले)ले पाएको सफलताको जस तत्कालीन जिल्ला अध्यक्ष गिरीको रहेको अधिकांश कार्यकर्ताको ठहर छ । अध्यक्ष पदमा निर्वाचित भए लगतै पार्टीलाई जिल्लाको ठूलो बनाउने गिरीको संकल्प पुरा पनि भयो ।

संघियताको कार्यान्वयनसंगै स्थानीय तहको निर्वाचन पछि भएको संघ र प्रदेशको निर्वाचनमा प्रतिनिधि सभाका उमेदवार बनेका गिरीले प्रतिद्धन्द्धीलाई फराकिलो मतान्तरले हराउदै प्रतिनिधि सभामा विजयी पनि भए । उक्त निर्वाचनमा तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्र वचि चुनावी तालमेल भएको थियो । उनै गिरी अहिले नेकपा (एमाले) र माओवादी केन्द्र वीचको पार्टी एकता पछि बनेको नेपाल कम्युनिष्ट पार्टीको पर्वत जिल्ला अध्यक्ष बनेका छन । युवा मात्र नभएर सालिन र कार्यकर्ताको मन जित्न सफल हुने नेतालाई जिल्ला अध्यक्ष पाउँदा यति बेला पर्वतका कम्युनिष्ट कार्यकर्ता भने खुशी देखिएका छन । उनीहरुले पार्टीको संगठनलाई गिरीले उच्च धारमा अगाडि बढाउने अपेक्षा गरेका छन ।

नेपाल कम्युनिष्ट पार्टीका शिर्षस्थ नेताहरु वीच भएको सहमति बमोजमि पर्वत जिल्लाको सचिवमा सुदिप कुवंर चयन भएका छन । पार्टीलाई जिल्ला अध्यक्ष र सचिवले नयाँ मोडका साथ उचाई बढाउने जिल्लाका कार्यकर्ताहरुको विश्वास देखिन्न्छ । (समाचार विश्लेषण)