Print

शिवालय माबिका शिक्षकले आफ्ना छोराछोरीलाई आफैले पढाउने विद्यालयमा भर्ना गरे

८ वैशाख, पर्वत । विध्यालयमा शैक्षिक बृद्दी गर्न एक पछी अर्को महत्वपूर्ण निर्णय गर्दै आएको कुश्मा स्थित शिवालय मा बि ले फेरी आज अर्को महत्वपूर्ण कार्यको थालनी गरेको छ । सामुदायिक विध्यालयमा अध्यापन गर्ने शिक्षकले आफ्ना छोराछोरी सामुदायिक स्कूलमा नै पढाउनु पर्ने आबाज उठिरहेको बर्तमान समयमा विध्यालयका सम्पुर्ण शिक्षकहरुले आज आ आफ्ना छोराछोरी निजी विध्यालय बाट निकाली विध्यालयमा नै भर्ना गरेका छन ।

आफुले सामुदायिक विध्यालयमा शिक्षण गर्ने तर छोराछोरी भने निजी विध्यालयमा पढाउदा आफ्नो र विध्यालयको शाख घट्ने भन्दै शिक्षकहरुले आफ्ना छोराछोरी भर्ना गरेका हुन ।

शिवालय मा बि का शिक्षकहरुको यो कार्य प्रती विध्यालय ब्यबस्थापन समिति, शिक्षक अबिभाबक सङ्घ ,अबिभाबक र विध्यार्थिहरुले स्वागत गरेका छन । विध्यालयमा आज भएको एक कार्यक्रममा बोल्दै विध्यालय ब्यबस्थापन समितीका अध्यक्ष ईस्वर गिरी ,कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्र बहादुर छेत्री , प्राचार्य भुपेन्द्र चापागाई , सस्थापक अध्यक्ष तोयनाथ चालिसे र पत्रकार महासङ्घ जिल्ला शाखा पर्बतका अध्यक्ष छबिलाल तिवारीले शिक्षकहरुको उक्त कार्यको प्रशास गर्दै शिक्षकहरु लाई धन्यवाद दिनु भएको थियो । शिक्षकहरुको यो कार्यले सामुदायिक विध्यालयको विश्वासनियतामा बृद्दी हुने बक्ताहरुको भनाई थियो ।

विध्यालय ले यस अघी कक्षा १-३ मा कक्षा शिक्षण गर्ने , कक्षा ९ सम्म अङ्रेजी र नेपाली माध्यम का छुट्टाछुट्टै सेक्सन बनाई शिक्षण गर्ने , छात्रावास सन्चालन गर्ने , कक्षाकोठामा सि सि क्यामरा जडान गर्ने , ICT को प्रयोग लाई प्रभाबकारी बनाउने जस्ता थुप्रै निर्णयहरु गरी कार्यान्वन समेत गरिसकेको छ ।