३० चैत्र, पर्वत । ४० औ शिक्षक दिवसको अवसरमा पर्वतको शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका अग्रज शिक्षकहरु सम्मानित भएका छन । नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतले दिवसको अवसर पारेर पर्वतको शिक्षा क्षेत्र र संगठनकलाई अघि बढाएका पुर्ब अध्यक्षहरुलाई सम्मान गरेको हो ।
शिक्षक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतका संस्थापक अध्यक्ष डण्डराज तिमिल्सिना, पुर्ब अध्यक्षहरु पुर्ब साँसद कृष्णप्रसाद भट्टराई, गणेश शर्मा पौडेल, बाबुराम सुबेदी, महानबहादुर गुरुङ्ग, चेतनाथ कुवँर, प्रेमकुमार लामिछाने, देबीप्रसाद बस्याल र कृष्णप्रसाद पराजुलीलाई सम्मान गरेको हो । अग्रज शिक्षकहरुलाई प्रतिनिधीसभाका सदस्य पदम गिरीले सम्मान पत्र सहित सम्मानित गरेका थिए ।
उक्त सम्मान तथा अन्तरकृया कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालको राजनैतिक परिर्वतन र शैक्षिक बिकासका लागि शिक्षकहरुले ठुलो योगदान पु¥याएको भन्दै अब शैक्षिक क्षेत्रमा आमुल परिर्वतन गर्न शिक्षकहरु केन्द्रित हुनुपर्ने धारणा राखे । शिक्षकहरुले चाहेमा बिद्यालयहरुमा ठुलो परिर्वतन ल्याउन सकिने धारणा उनीहरुको थियो ।
कार्यक्रममा बोल्ने शिक्षकहरुले बामपन्थी सरकारको पालामा समेत शिक्षकहरुका धेरै मुद्दाहरु सम्बोधन हुन नसकेको दुःखेसो समेत पोखेका थिए । उनीहरुले आन्दोलन र चुनाबमा प्रयोग गर्ने तर शिक्षकका माग सम्बोधन गर्ने क्रममा अनुदार बन्ने राजनैतिक दलहरुको काम नै भएको आरोप समेत लगाएका थिए ।
नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतका अध्यक्ष चिरञ्जीबि अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सांसद पदम गिरी, पुर्ब साँसद कृष्णप्रसाद भट्टराई, नेपाल शिक्षक महासंघकी केन्द्रिय सदस्य हिरादेबी शर्मा, कुस्मा नगरपालिकाका नगर शिक्षा प्रमुख बिष्णुप्रसाद तिवारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका पुर्ब केन्द्रिय सदस्य प्रेमकुमार लामिछाने, संगठन पर्वतका संस्थापक अध्यक्ष डण्डराज शर्मा, शिक्षा बिकास तथा समन्वय इकाई पर्वतका प्रमुख उद्दिमराज पौडेल, कुस्मा नगरपालिकाका सामाजिक बिकास शाखा प्रमुख तथा वडा नं ११ का अध्यक्ष शिब पौडेल लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा स्वागत संगठनका उपाध्यक्ष एकनाथ शर्मा र सञ्चालन सचिब सुरेन्द्र गौतमले गरेका थिए ।




