१२ चैत्र, पर्वत । पर्यटन क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने आतिथ्यता व्यवस्थापन तालिम कुस्ममा सुरु भएको छ ।सामुदायिक रेडियो दिदि बहिनी ९५.२ मेघार्हज र कुस्मा नगर पालिका वडा नं ७ को आयोजना र नेपाल पर्यटन वोड संयोजनमा यहि चैत्र ११ देखि चैत्र १२ गते सम्म दुई दिन सम्म सञ्चालन हुने भएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कुस्मा नगरका नगर प्रमुख रामचन्द्र जोशिले यो तालिम लिन जरुरी रहेको र यस तालिम पस्चात सिकेको कुरा लाई ब्यावहारमा लागु र्गन आग्रह र्गनु भएको छ । उहाँले तालिम लिनु कुरा ठुलो कुरा नभई तालिमलाई सहि सदुपयोग र्गन सुझाव दिनु भएको छ।
पछिल्लो समयमा लोक्कल खाना बढि रुचाएको बताउदै पर्वत पर्यटकीय हिसाबले पनि आप्नो परिचय बनाएको छ ।यहाँ आउने पर्यटकलाई स्वागत सत्कार आतिथ्यता ब्यवस्थापनमा ध्यान दिन जुरुरी रहेको बताउनु भएको छ। कार्यक्रमा कुस्मा नगरपालिका वडा नं ्र७ वडा बासिको सहभागिता रहेको छ । कार्यक्रममा बोल्दै संबिधान सभाका अध्यक्ष तथा सामुदायिक रेडियो दिदि बहिनीका अध्यक्ष कल्पना चापागाईले पर्यटन क्षेत्र उच्च प्राथमिकतामा परेको बताउँदै उनले पर्यटन क्षेत्रको विकासका लागि व्यवसायको गुणस्तरमा ध्यान दिनु जरुरी रहेको बताउनु भयो ।
चापागाईले महिला पनि पछिल्लो समयमा अगाडि आएको कुरा औल्याउदै अझै महिला दिदि बहिनी आत्म निर्मर बन्न जरुरी रहको बताउनु भयो । तालिमा बिशिष्ठ अतिथि को रुपमा शस्सत्र प्रहरी वल का प्रमुख एस पि रमेश सुवेदी , प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारी , पत्रकार महासंघका सचिब गणेश गिरि नेपाल पर्यटन वोडका प्रवन्धक सुर्य थपलिया लगाएत ले सुभकामना मन्तव्य व्यक्त र्गनु भएको थियो । दुई दिन सम्म चल्ने कार्यक्रममा पर्वतमा पर्यटन भित्राउनको लागि आवस्यक स्वागत ,आतिथ्यता ,व्यवस्थापनमा कसरी र्गर्नै भन्ने बारे जानाकारी दिने नेपाल पर्यटन बोडका प्रशिक्षक झंक प्रसाद ढकाल ले बताउनु भएको हो ।
दुई दिन स्म्म चल्ने तालिममा झंक प्रसाद ढकाल ,तथा उर्जा ल्याव का कार्यकारी बिबेब सापकोटाले सहजीकरण र्गनु हुने छ। संबिधान सभाका सदस्य तथा सामु्दायिक रेडियो दिदि बहिनीका अध्यक्ष कल्पना चापागाईको अध्यक्षतामा भएको कार्यक्रम को स्वागत कुस्मानगर पालिका वडा नं ७ का वडा सदस्य प्रशुराम पुरी संचालन कुस्मानगर पालिका वडा कार्यालय ७ का वडा अध्यक्ष सुवास पौडेल ले र्गनु भएको हो । तालिम मंगल बार सम्म चल्ने छ।




