५ चैत्र, पर्वत । जिल्लाको मोदी गाउँपालिको हालसम्मको वित्तिय प्रगति ३९ दशमलब ४८ प्रतिशत भएको छ । गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा सार्वजनिक गरेको वित्तिय प्रगतिमा उक्त कुरा उल्लेख गरिएको हो ।
गाउँपालिकाले कार्यालय स्थापना भएको दोस्रो बर्ष पुरा भएको अवसरमा सार्वजनिक रुपमा आफ्नो खर्चको विवरण पेश गरेको हो । गाउँपालिका प्रवक्ता बिमल लामिछानेले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन अनुसार कुल रकम मध्ये १५ करोड ६८ लाख ९६ हजार ५ सय ६८ रुपैंया खर्च भएको छ । गाउँपालिकाको कुल प्रस्तावित रकम ३९ करोड ३७ लाख ७० हजार ६ सय ४९ रुपैंया रहेको छ ।
उक्त रकम मध्ये चालु तर्फ ११ करोड ९३ लाख ५ हजार १ सय ३३ रुपैंया खर्च भएको छ । यो रकम कुल रकमको ४० दशमलब ८० प्रतिशत हो । यसैगरी पुँजीगत तर्फ भने ३७ करोड ५९ लाख १ हजार ४ सय ३४ रुपैंया खर्च भएका छ । यो रकम कुल रकमको ३७ दशमलब ०८ प्रतिशत हो ।
गाउँपालिका अध्यक्ष प्रेम पौडेलले योजनाका कामहरु धमाधम भईरहेको बताए । उनले चालु बर्षको अन्तिम महिना नपुग्दै कामहरु सक्ने गरी काम भईरहेको जानकारी दिए । चालु आर्थिक बर्षका लागि विनियोजन भएका अधिकांश योजनाहरुको सम्झौता भने सकिएको छ । सम्झौता भएका योनजाहरुको भौतिक प्रगति अपेक्षाकृत ढङगले अगाडि बढेकोले चालु बर्षको अन्त्यसम्ममा सत प्रतिशत भौतिक वित्तिय प्रगति देखिने गरी काम भईरहेको गाउँपाकिलाले जनाएको छ ।
उता, प्रदेश सरकारले कतिपय योजनाको लागि पठाएको सिलिङको पैसा खातामा नहालिएका कारण भने रकम खर्चमा समस्या देखिएको प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङको भनाई छ ।
गाउँपालिकाले सडक, खानेपानी, शिक्षा र पूर्वाधारका अन्य क्षेत्रहरुमा चालु आर्थिक बर्षमा बजेट विनियोजन गरेको छ । गाउँपालिका भित्र लघु उद्यमीहरु उत्पादन गर्ने महत्वकाक्षी योजनाका साथ लघु उद्यम प्रवद्र्धन कार्यक्रम सञ्चालन गरीरहेको मोदी गाउँपालिकाले सवै वडाहरुका उद्यमीहरु सहयोग कार्यक्रम अगाडि बढाईरहेको छ ।
प्रदेश र संघ सरकारसंगको सहकार्यमा ठूला र महत्वगामी योनजाहरुको काममा बजेटको ब्यवस्थापनमा सहकार्य गरीरहेको गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न कार्यक्रमहरु समेत चालु आर्थिक बर्षमा सञ्चालन गरीरहेको छ ।
आन्तरीक आायमा बृद्धि गर्दै गरिब जनताको पहुँचमा नरहेको सहज स्वास्थ्य सेवा प्रवाहको दुरगामी योजना निर्माण गरेको गाउँपालिकाले सुविधा सम्पन्न अस्पताल निर्माणको दिर्घकालीलन योजनाहरु समेत निर्माण गरेको छ ।
अल्पकालीन योजनाहरु अर्को बर्षबाट समाप्त गर्दै मध्यकालीन योजनाहरुमा आगामी बजेट ब्यवस्थापन गर्ने गरी गाउँपालिका अगाडि बढेको अध्यक्ष पौडेलको भनाईछ । दिर्घकालीन योजनाहरुको लागि योजना निर्माण भईरहेको भन्दै पौडेलले ति योजनाहरु पनि अर्को बर्ष देखि कार्यान्वयनको चरण जाने बताए ।




