Print

‘करिडोरको शुरु मेरो पालामा भएको हो,अहिले प्रदेशका मन्त्री रिवन काट्दै छन’–पूर्व सांसद बस्याल

४ फागुन, पर्वत । २०६४ सालको संविधान सभाको निर्वाचनमा तत्कालीन माओवादी पहिलो पार्टी बन्यो । शसस्त्र जनयुद्ध मार्फत शान्ति प्रक्रियामा आएको तत्कालीन माओवादीले देशको बागडोर सम्हाल्ने अवसर पनि पायो । पर्वत जिल्लाको क्षेत्र न २ बाट तत्कालीन माओवादीको तर्फबाट गुणाखर बस्याल प्रत्यक्ष निर्वाचनमा निर्वाचन भए । उनी निर्वाचन पछि सक्रिय राजनीतिबाट निस्क्रिय मात्र बनेनन तत्कालनि माओवादीले नैतिक आचरणको कारण देखाउँदै पाट्रीृ भित्र आन्तरीक कारबाही गरेको समाचार समेत बाहिर आयो ।

लगतै पार्टी राजनीतिमा निस्क्रिय बनेका बस्याल अन्ततः बाबुरामले नेतृत्व गरेको नयाँ शक्ति पार्टीका केन्द्रिय सदस्य बनेका छन । उनी सक्रिय राजनीतिमा लागि नै रहेका भए पर्वत क्षेत्र न २ बाट नेकपाको केन्द्रिय राजनीतिमा गतिला पात्र बन्थे भन्ने कार्यकर्ताको ठम्याई छ । बस्यालले आफ््नो कार्यकाल पुरा ब्यतित नगर्दै जनताका तत्कालिन समस्याहरु समाधान गर्न तत्पर न भएका कारण तत्कालीन माओवादीको जनआधार पर्वत क्षेत्र न २ मा कमजोर भयो नै । बस्याल राजनीतिमा पछिल्लो समय निस्क्रिय जस्तै बने । उनी अहिले डा. भट्टराईले नेतृत्व गरेको नयाँ शक्तिमा सक्रिय छन । शनिवार मात्रै पर्वतमा आइपुगेका बस्यालले केहि कुरा उल्लेख गरे ।

उनको कुरामा असमत थोरै श्रोता बने । धेरै सहमत पनि । उनले निर्माणधिन कालिगण्डकीको विषयमा धेरै समय लिए । आफ्नो अधिकांश समयमा पर्वत जिल्लाको सम्बृद्धि र कालीगण्डकी करिडोरका विषयमा आफ्नो धारणा राखे । २०६४ सालमा सांसद बनेका बस्यालले आफू सांसद हुँदा निकै प्रयत्न गरेर कालीगण्डकी करिडोरको पर्वत खण्डलाई राष्ट्रिय गौरबको योजनामा सहभागी गराएको उल्लेख गरे । २०६४ को संविधान सभाको निर्वाचन पछि तत्कालीन माओवादीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रधामन्त्री बने । अर्थमन्त्रीको कार्यभार डा. बाबुराम भट्टराई सम्हाले । भौतिक योजना मन्त्री हिसिला यमी बनिन ।

बस्यालले भने–‘अर्थ मन्त्री भट्टराई र मन्त्री हिसिला यमी मार्फत मैले नै राष्ट्रिय गौरबको योजनामा कालिगण्डकी करिडोरको पर्वत खण्डलाई समावेश गराएको हुँ ।’ निकै आक्रमक र प्रतिरक्षा शैलीमा उनले जवाफ फर्काउँदै भने–‘अहिलेका केहि मन्त्रीले र्मिमि तिर गएर रिवन काट्दैछन ।’ केहि समय अघि पर्वत क्षेत्र न २ बाट प्रदेश सभामा निर्वाचित भएका नेकपाका सांसद विकास लम्सालले कालीगण्डकी करिडोर एक्लो प्रयासमा सफल भएको बताउँदै आएका थिए ।

बस्याल सांसद हुँदा लम्साल तत्कालीन नेकपाका जिल्ला नेता मात्रै थिए । बस्यालले भने–‘कालीगण्डकी करिडोरका पुल पुलेसामा रिवन काट्ने मन्त्रीलाई के थाहा करिडोर कसरी शुरुवात भयो भनेर ।’ बस्याल तत्कालीन प्रचण्ड निकट थिए । प्रचण्ड प्रधानमन्त्री थिए । बस्याल अहिले भट्टराई र हिसिलाकै पार्टी छन । भट्टराइ र यमी तत्कालीन सरकारका मन्त्री थिए ।

कार्यक्रममा भट्टराईले आफूले पर्वत खण्ड हुँदै कालीगण्डकी करिडोर लैजान बजेट समेत विनियोजन गरेको स्मरण गर्दै सडक सञ्जाल पर्वत खण्डको छोटो हुने दृष्टान्त समेत कार्यक्रममा पेश गरे । उता, लम्सालले आफै आयोजक बनेर ब्यानरमा नाम लेख्दै करिडोरका पुल पुलेसाहरुको शिलान्यास गर्दै हिडेको खबर सार्वजनिक हुँदै आएको छ ।

करिडोरको पर्वत खण्ड छोटो हुँदै पनि राजनैतिक पहुँचका कारण बागलुङ खण्डबाट करिडोर लगिएको स्मरण गर्दै बस्यालले करिडोरका दुवै तर्फका खण्डहरु पुरा हुँदा पर्वत खण्डबाट यात्रा सहज हुने समेत कार्यक्रममा विश्वास ब्यक्त गरे ।

उता, डा. भट्टराईले मध्यपहाडी लोकमार्ग र करिडोरको कल्पना नै सम्बृद्ध नेपालको करिकल्पना आफ्नै पालामा भएको जिकिर गरे । यस अघि पनि कालीगण्डकी करिडोरको शुभारम्भको विषयमा धेरै मतान्तर हुँदै आएको छ ।