Print

‘सम्बृद्ध नेपालका लागि सडक सुधार पहिलो आधार’ : डा. भट्टराई

४ फागुन, पर्वत । सम्बृद्धिको नारा बोकेर पूर्व पश्चिम अभियानमा निस्केका पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सम्बृद्ध नेपाल निर्माणको पहिलो आधार सडक क्षेत्र नै नभएको बताएका छन ।

शनिवार पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजीत अन्तर सम्बाद कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले यातायात क्षेत्रको विकास र विस्तारले आर्थिक गतिविधिहरुमा बृद्धि हुने भन्दै सडक क्षेत्रको सुधार आजको पहिलो आवश्यता रहेको औल्याएका हुन ।

कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग निर्माणका योजनाकारको रुपमा चिनिने डा. भट्टराईले कार्यक्रममा अवको युग युद्ध र आन्दोलनको नभएको बताउँदै अव भने शान्ति र सम्बृद्धिको यात्रामा सवै जना लाग्नुपर्ने धारणा ब्यक्त गरे । उनले अरु राष्ट्रहरुमा परिर्वतनको लागि सयौ बर्ष पहिले युद्ध भएको स्मरण गर्दै नेपालको सशस्त्र युद्ध धेरै पछि भएकाले बताए । उनले जुनसुकै सम्बृद्ध राष्ट्रमा पनि कम्तिमा एक पटक शसस्त्र युद्ध हुने गरेको उल्लेख गर्दै नेपालले त्यो प्रक्रिया अव पुरा गरेको धारणा राखे ।

‘केहि समय युद्धमा थियो हामी अव सम्बृद्धिको यात्रामा छौं’ डा. भट्टराईले थपे–‘शसस्त्र युद्ध त्यो समयमा आवश्यक थियो, अव युद्ध होइन शान्तिपूर्व सम्बृद्धि चाहिएको छ ।’

विकास र सम्बृद्धिका खाकाहरु सुनाउँदै डा. भट्टराईले आफू प्रधानमन्त्री हुँदा आफ्नै पार्टी र विपक्षी पार्टी दुवै मिलेर आफ्नो कार्यकालभरी बजेट ल्याउन नपाएको स्मरण गर्दै त्यो बेला आफूले सम्बृद्धको अभियान सञ्चालन गर्न नसकेको धारणा राखे । डा. भट्टराईले अन्तरसम्बादमा उठेका विषयहरुमा उत्तर समेत दिएका थिए ।