१७ माघ, पर्वत । देशमा शसस्त्र संघर्ष उत्कर्षमा पुगेको थियो । तत्कालीन सरकारका वि?द्ध फौजी युद्ध शुरुवात गरेको भूमिगत पार्टी माओवादी र सरकार वीच झडपका घटनाहरु दिनानुदिन घटिरहेका थिए । २०५८ साल जेष्ठ १९ गते तत्कालीन राजा विरेन्द्रको बंशनास भएपछि देशमा अर्को राजनैतिक परिर्वतन देखा परयो, त्यो परिर्वतनले सशस्त्र युद्धलाई अझै बढावा दियो । मर्ने र मार्नेको संख्या यकिन हुदैन्थ्यो ।
पर्वत जिल्लाका लागि २०६१ साल माघ १ गतेको रात्री अझै अध्यारो बन्यो । माघेसंक्रान्तिमा मिठो परिकार खानका लागि एक हुल मानिसहरु पौष मसान्तमा तत्कालीन शंकरपोखरी गाविसका हरिदत्त तिवारीको घरमा आइपुगे । मिठो परिकार बनाएर अतिथि सत्कार गरेका तिवारीलाई ति समूहले केहि सल्लाह गर्नुछ भनेर अल्लि परको जंगलमा लगे । अन्ततः तिवारीले पाहुनाहरुकै हातबाट विक्षिप्त हुने गरी कुटाई खाए । बारीको काल्लामा धकेलियो । खुट्टा भाँचियो र मध्यरातबाट जंगलमै अलपत्र पारेर छोडियो । तत्कालीन विद्रोही माओवादीका सदस्यहरुले तिवारीलाई भौतिक कारबाही गरेको भाषा प्रयोग गरे ।
रातभर उद्धार र उपचार हुन नपाउँदा भोलिपल्ट अस्पतालमा लग्दै गर्दा तिवारीले प्राण त्यागे । उनी सामाजिक अगुवा, प्रजातान्त्रिक आन्दोलनका सेनानी थिए तिवारी । तिवारीलाई २०७४ साल माघ १९ गते सरकारले शहिद घोषणा गरयो । आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुको सुचिमा तिवारीको नाम उल्लेख छ ।
लोकतान्त्रिक आन्दोलनका अगुवा तिवारीको हत्या निर्मम थियो । उनले कुनै ठूलो अपराध गरेका थिएनन । न उनी सामन्तबादका पात्र थिए । गाउँघरमा शिक्षा, स्वास्थ्य र खानेपानीका योजनाहरुमा उनको सक्रियता थियो । राजनैतिक रुपमा ठूलो पदमा नभए पनि उनले सामाजिक अगुवाको भूमिका निर्वाह गर्ने गद्र्थे । तिवारीको मृत्यु पछि उनका जेष्ठ छोरा गंगाधर तिवारी राजनीतिमा सक्रिय छन । उनी नेपाली कांग्रेसको तर्फबाट राजनीतिमा होमिएका छन ।
बुवाको लोकतान्त्रिक परिर्वतनको सपना पुरा गर्न भन्दै राजनीतिमा होमिएका छोरा गंगाधर तिवारी फलेवास नगरपालिकाको नगरप्रमुखका उमेदवार समेत बने । झिनो मतान्तरले पराजीत तिवारीकै अग्रसरतामा अहिले हरिदत्त स्मृति प्रतिष्ठानको स्थापना भएको छ । बुवाको सम्झनामा स्थापना गरिएको उक्त प्रतिष्ठान अहिले सामाजिक सहयोगका कामहरुमा सक्रिय छ ।
शहिद दिवसको अवसरमा आफ्नो बुवालाई सम्झदै तिवारी परिवारको सक्रियतामा प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गर्यो । कार्यक्रमका बत्ताहरुले सर्वमान्य समाजसेवीलाई बर्बरतापूर्वक हत्या गर्नु तत्कालीन विद्रोही पक्षको कमजोरी रहेको उल्लेख गरे । सामाजिक क्षेत्रमा तिवारीको योगदानको उच्च कदर पनि गरियो । तिवारीले देखेका समाज परिर्वतनका सपना पुरा गर्न उनको परिवारमा थप जिम्मेवारी आएको विषयमा बत्ताहरुले धारणा ब्यक्त गरे ।
स्मृति दिवसको अवसरमा विद्यार्थीहरु वीच हाजीरि जवाफ प्रतियोजनाको समेत आयोजना गरियो । प्रतियोगीतामा १३ वटा माध्यमिक बिद्यालयका बिद्यार्थीहरुको सहभागीता रहेको थियो । प्रतियोगितामा भवानी बिद्यापिठ मावि खानीगाउँ पहिलो भएको छ । जनसहयोगी मावि शंकरपोखरी दोस्रो, थापाठाना मावि तेस्रो र अन्नपूर्ण मावि सान्त्वना भएको छ । विजेताहरुले क्रमश ६ हजार, ४ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन । त्यस्तै उत्कष्ठ बिद्यार्थीहरुलाई झोला, पोषाक र शैक्षिक सामाग्री वितरण गरियो । दिवशको अवसरमा प्रतिष्ठानको तर्फबाट तिवारी परिवारले बालज्योती प्राविमा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष अर्जुनबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा निजामती कर्मचारी यूनियन संघका केन्द्रिय उपाध्यक्ष शिवशर्मा अधिकारी, गैसस महासंघका महासचिव रामप्रसाद सुबेदी, नेपाली काँग्रेस फलेवास नगरपालिकाका संयोजक हिरामणी सापकोटा, प्रेस यूनियन पर्वतका अध्यक्ष माया अधिकारी, पत्रकार संगठनका सचिव बैकुण्ठ गिरी लगायतले तिवारीको सामाजिक योगदानको स्मरण गरेका थिए ।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव नरबहादुर थापाले गरेका थिए । सोहि अवसरमा पर्वत जिल्लाका क्रियाशिल पत्रकारहरुलाई पत्रकारिता क्षेत्र मार्फत समाज परिर्वतनमा सहयोग पुराएको भन्दै सम्मान समेत गरियो ।




