Print

बस दुर्घटना अपडेट : १७ घाइते रिफर, हेलिकप्टरबाट लैजाने तयारी

३ माघ, पर्वत । म्याग्दी जिल्लाको वेनीबाट नारायणगढका लागि छुटेको बस पर्वतको कुश्मा नगरपालिका वडा न १ मालढुंगामा दुर्घटनामा परेको छ । वस दुर्घटनामा घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएकोछ ।

ग १ ख, ६१०८ नम्बरको बस सडकबाट करिब ७० मिटर तल खसेको थियो । बसमा सवार यात्रु मध्ये ३४ जना यात्रु घाइते भएका छन ।

घाइते मध्ये १७ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । घाइते यात्रुलाई उपचारका लागि बागलुङ र पर्वत जिल्ला अस्पतालमा लगिएको छ ।

घाइतेहरु मध्ये १७ जनालाई पोखरा रिफर गरिएको छ । पोखरा–बागलुङ सडक निर्माणको क्रममा रहेका कारण हेलिकप्टरबाट तत्काल उद्धार कार्य गर्नुपर्ने गरी प्रशासनले हेलिकप्टरको सहयोग लिने गरी तयारी थालेको हो । मृत्यु हुने ३ जनाको अझै सनाखत भईसकेको छैन ।