Print

कुश्माको मालढुंगामा बस दुर्घटना ३ को मृत्यु

३ माघ, पर्वत । म्याग्दी जिल्लाको वेनीबाट नारायणगढका लागि छुटेको बस पर्वतको कुश्मा नगरपालिका वडा न १ मालढुंगामा दुर्घटनामा परेको छ । वस दुर्घटनामा घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएकोछ । ग १ ख, ६१०८ नम्बरको बस सडकबाट करिब ७० मिटर तल खसेको थियो । बसमा सवार यात्रु मध्ये २३ जना यात्रु घाइते भएका छन ।

घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । घाइते यात्रुलाई उपचारका लागि बागलुङ र पर्वत जिल्ला अस्पतालमा लगिएको छ ।

अवस्था गम्भिर रहेका घाइेतेहरुलाई तत्काल रिफरका लागि प्रयास भईरहेको तिवारीले बताए । अहिले घटनास्थलमा प्रहरी पुगीसकेको छ । उद्धारको थप प्रयास भईरहेको प्रहरीले जनाएको छ ।