Print

रत्नचोक–धुस्तुङ–औसेलुचौर सडकको स्तरोउन्नती शुरु, ४ बर्ष भित्र कालोपत्रे हुने

३० पौष, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ११ र वडा न १३ जोड्ने रत्नचोक–धुस्तुङ–औसेलुचौर सडकको स्तरोउन्नती शुरु भएको छ । चालु आर्थिक बर्षमा नगरपालिकाले उक्त सडकको स्तरोउन्नतीको काम शुरु गरेको हो ।

सदरमुकाम देखि पोखरा जानका लागि वैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिने उक्त सडकको चालु आर्थिक बर्षमा नगरपालिकाको २५ लाख रकमबाट स्तरोउन्नतीको काम शुरु गरिएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सन्तोष थापाले जानकारी दिए ।

पकुवा र खौलालाई जोड्ने महत्वपूर्ण सडकको रुपमा रहेको उक्त सडकबाट आर्थर फुलवारी हुँदै पोखरासम्म पुग्न सकिन्छ । साविकको पोखरा बागलुङ राजमार्गको तुलनामा झण्डै १३ किलोमिटर छोटो दुरीमा कुश्मा देखि पोखरा पुग्न सकिने भएकाले पनि सडकको महत्वपूर्ण रहेको कुश्मा १३ का वडा अध्यक्ष जंगबहादुर क्षेत्रीले बताए । सडक स्तरोउन्नती गर्दै आगामी ४ बर्ष सडकलाई पक्कि बनाउने गरी योजना गरीएको उपभोक्ता समितिका अध्यक्ष थापाको भनाई छ ।

झण्डै ४ किलोमिटरको दुरीमा रहेको उक्त सडकको यस अघि ट्रयाक खोलेपनि जिर्ण हुँदा सवारी आगमनमा समस्या पर्दै आइरहेको थियो । साविकको खौला गाविसको वडा न ७, ८ र ९ तथा आर्थरका केहि बस्तीहरुलाई उक्त सडकले जोड्छ । सडकलाई क्रमशः पक्कि बनाउने कार्यमा नगरपालिकाले सहयोग गर्ने कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी बताउँछन ।

जोशीले नगर भित्रका ठूला सडकहरु प्रदेश र संघले जिम्मा लिएका कारण छोटो दुरीका सडकहरुको जिम्मा नगरपालिकाले लिने भन्दै सडक पक्कि बनाउने गरी आगामी दिनमा योजना गरिने जानकारी दिए ।