Print

‘आगामी ४ बर्ष भित्र पर्वत स्वच्छ खानेपानीयुक्त जिल्ला बन्छ’–सांसद गिरी

१७ पौष, पर्वत । पर्वतको मोदी गाउँपालिका वडा नं ६ र ८ मा एक घर एक धारा बनाउने उद्देश्य सहित दराक तिलहार खानेपानी योजना निर्माण शुरु भएको छ ।
मोदी गाउँपालिका वडा नं ६ मा पर्ने साविकको तिलहार गाबिसको ठुलो भूभाग र वडा नं ८ साविकको चित्रे ओडारे गाउँमा हरेक घरमा एक धारा पु¥याउने उद्देश्य सहित दराक तिलहार खानेपानी योजना निर्माण शुरु भएको हो ।

खानेपानी योजनाको बुधबार पर्वतबाट निर्वाचित प्रतिनिधीसभाका सदस्य पदम गिरीले शिलन्यास गर्नुभयो ।

शिलन्यास कार्यक्रममा बोल्दै प्रतिनिधीसभाका सदस्य पदम गिरीले चार बर्षभित्रमा पर्वत जिल्लालाई मुलुकमै पहिलो स्वच्छ पिउने पानीयुक्त जिल्ला बनाउने लक्ष्य सहित खानेपानी क्षेत्रमा काम भैरहेको बताउनुभयो । अहिले निर्माणधिन योजनाहरु समयमा सम्पन्न गर्ने, मर्मत गरेर पुग्ने योजनाहरु मर्मत गर्ने तथा आवश्यक थप योजनाहरु समेत यस अवधीमै सकेर स्वच्छ पिउने पानीयुक्त जिल्ला बनाउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

‘हामीले प्रतिबद्धता गरे अनुसार नै काम गछौ’ उहाँले भन्नुभयो ‘यो संकल्प पुरा गरेरै छाड्ने गरि काम शुरु भएको छ ।’ स्वच्छ पिउनेपानी खान पाउनु संवैधानिक हक भएकाले खानेपानीको उपलब्धता गराउने राज्यको दात्यिव रहेको गिरीको भनाई छ ।

उहाँले जिल्लाका ६१ वटा वडाहरुमा केहि ठूला र केहि साना योजनाहरु कार्यान्वयन भईरहेको बताउँदै सवै योजनाहरुको काम ४ बर्ष भित्र पुरा गर्ने गरी प्रदेश र संघिय सरकारले बजेटको ब्यवस्थापन मिलाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।