१७ मंसीर, पर्वत । आफ्ना गतिविधिहरुलाई जनताको हात हातमा पुराउने उद्देश्यले जिल्लाको महाशिला गाउँपालिका र कुश्मा नगरपालिकाले मोवाईल एप तयार गरेका छन । महाशिला गाउँपालिकाले तयार गरेको मोवाइल एप सार्वजनिक भईसकेको छ । कुश्मा नगरपालिकाले भने आज एक कार्यक्रमको आयोजना गरी एप्लिकेशन सार्वजनिक गर्दैछ ।
मोवाईल एप भित्र गाउँपालिका र नगरपालिकाहरुले आफ्नो जानकारी मूलक गतिविधिहरु अपलोड गरेका छन । महाशिला गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेल भन्छन–‘यो प्रविधिको युग हो, त्यसैले हामी प्रविधि नजिक पुगेका हौ’ जनताको हात हातमा मोवाइल भएका कारण ति मोवाईल मार्फत न्यून शूल्कमा गाउँपािलका गतिविधिहरु अध्ययन गर्न सकिने भएकाले आफूहरुले मोवाईल एप तयार गरेको अध्यक्ष पौडेलको भनाई छ । महाशिला गाउँपालिका अन्य गाउँ र नगरपालिकाको उदाहरणीय स्थानीय तह बन्ने होडमा छ ।
‘सिकाईको थलो बनाउँछौ’ अध्यक्ष पौडेल भन्छन–‘गफ गरेर, भाषण गरेर हिड्ने होइन काम गरेर देखाउनुपर्छ ।’ कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले नगर क्षेत्रका जनतालाई सुचनाको हक पहुँच स्थापीत गराउनका लागि नगरपालिकाकाले मोवाईल एप्लिकेशनको शुरुवात गरेको बताउँछन ।
उनले मोवाईल एप्लिकेशन मार्फत नगरपालिकाका सवै खालका जानकारीहरु समावेश गर्ने गरी नगरपालिकाले मोवाईल एप्लिकेशनको शुरुवात गरेको जानकारी दिए ।
एप्लिकेशन डाउनलोड गर्न मोवाईल एपको प्ले स्टोरमा गएर अंग्रेजीमा महाशिला लेखेर महाशिला गाउँपालिकाको एप डाउनलोड गर्न सकिन्छ भने, कुश्मा नगरपालिकाको कुश्मा लेखेर नगरपालिकाको एप डाउनलोड गर्न सकिन्छ ।




