मंगलबार साझ शिवालय चोकमा दिपावली गरेर कार्यक्रमको स्वागत गरिएको हो । कार्यक्रमा प्रमुख अतिथिको रुपमा बोल्दै संघीय सांसद पदम गिरीले अब श्रम गर्ने श्रमीकहरुको नयाँ युगको शुरुवात भएको बताउनुभयो । उहाँले सबै क्षेत्रका श्रमिकले योगदान र सहभागिताका आधारमा निवृत्तिभरण पाउने गरी सरकारले गरेण्टी गरेकाले अब श्रमिकहरुका दुखका दिन सकिएको बताउनुभयो । उहाँले नेकपाको सरकार श्रमिक वगएको पक्षमा रहेको उदाहरण प्रष्ट भएको बताउनुभयो ।

कार्यक्रममा नेकपाका जिल्ला नेताहरु, जनवर्गीय संघ संगठनमा प्रमुख एवम् प्रतिनिधीहरु लगायगत श्रमीकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन नेकपाका नेता गोबिन्द पहाडीले गरेका थिए ।

यस्तै गरि सरकारले शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको पर्वतका श्रमिकहरुले समेत स्वागत गरेका छन् । जिफण्ट, क्यूपेक नेपाल लगायतका श्रमिकहरुका संस्थाहरुले पनि एक कार्यक्रमको आयोजना गरि सरकारले गरेको उक्त कार्यक्रमको स्वागत गरेको हो ।