Print

पत्रकार महासंघ पर्वतद्धारा ६ पत्रकारलाई पुरस्कृत गर्ने निर्णय

७ मंसीर, पर्वत । नेपाल पत्रकार महासंघ पर्वत शाखाले जिल्लामा क्रियाशिल ६ जना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । शाखाको विहिबार बसेको कार्य समितिको वैठकले जिल्लाका ६ जना पत्रकारलाई सृजनशिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको हो ।

पर्वत शाखाले स्थापना गरेको सृजनशिल पत्रकारिता पुरस्कारबाट शाखाका सदस्य समेत रहेका जिल्लाका क्रियाशिल ६ पत्रकारलाई सम्मानित गर्ने निर्णय गरेको पर्वत शाखाका सचिव गणेश गिरीले जानकारी दिए ।

गिरीका अनुसार बर्ष २०७० को सृजजशिल पत्रकारिता पुरस्का सन्तोष थापा, बर्ष २०७१ को गणेश पौडेल र बर्ष २०७२ को माया अधिकारीले पुरस्कार पाउनेछन ।

यसैगरी बर्ष २०७३ को पुरस्कार अगन्धर तिवारी, बर्ष २०७४ को राजबाबु पिसी र बर्ष २०७५ को रोशन तिवारीले पाउने भएका छन । शाखाको बैठकले आगामी मंसीर १४ गते हुने शाखाको दशौं साधारण सभामा उनीहरुलाई पुरस्कृत गर्ने निर्णय समेत गरेको छ ।