२० कार्तिक, पर्वत । निर्माण कार्य मन्द गतिमा भएको गुनासो आएसंगै प्रतिनिधि सभा सदस्य पदम गिरीले कालीगण्डकी करिडोरको स्थलगत अनुगमन गरेका छन । करिडोर अन्तर्गतको पर्वत खण्डको काम मन्त गतिमा भईरहेको छ । सडक निर्माणसंगै निर्माणधिन मोटरेवल पुलहरुको काम बन्द प्राय अवस्थामा छ । यस अघि मोटरेवल पुल निर्माणमा चासो देखाउँदै काम अगाडि बढाउने वातावरणका लागि जुटेका सांसद गिरीले करिडोरको रानीपानी–फलेवास खण्डको निर्माण कार्य भईरहेको स्थानमा पुगेर स्थलगत अनुगमन गरेका हुन ।
सांसद गिरीले निर्माणस्थलबाट निर्माण कम्पनी र करिडोरका प्रमुखलाई सम्झौता बमोजीम नै काम अगाडि बढाउन निर्देशन दिएसंगै काम द्रूत गतिमा अगाडि बढेको छ । ‘निर्माण कम्पनीले काम मन्द गतिमा गर्दा तोकिएको समयमै काम सम्पन्न नहुने सम्भावना हुनसक्छ’ करिडोर निर्माण स्थलमा पुगेका सांसद गिरीले निर्माण कम्पनीलाई निर्देशन दिदै भने–‘सडकको गुणस्तर र सम्झौता अवधिको ख्याल गर्नुपरयो’
राष्ट्रिय गौरवको आयोजना चीन–भारत जोड्ने सबैभन्दा छोटो कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको रानीपानीदेखि फलेवास जोड्ने सडकखण्डको मार्ग खुलाउने तथा स्तरवृद्धिको काम भईरहेका छ । करिडोरअन्तर्गत रानीपानी–फलेवास सडकखण्डको स्तरवृद्धि गर्न चालु आर्थिक वर्षमा रु ३९ करोड बजेट विनियोजन भएपछि निर्माण अघि बढेको छ ।
निर्माण कम्पनीले समयमा काम सक्ने हो भने करिडोरका लागि बजेटको अभाव नहुने सांसद गिरीले उल्लेख गरे । गौरबका आयोजनाहरु निर्माणमा सरकार र सदन दुवैले महत्व दिएका कारण काम ढिलो हुने कुरामा कुनै सम्झौता नहुने गिरीले बताए । उक्त सडकखण्डको काम एक वर्षभित्र नै सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । अहिले मार्ग खुलाउने, पहिले खनिएको सडक चक्ल्याउने, तारजाली हाल्ने, नालीसेतु बनाउने, नाली काट्नेलगायत काम भइरहेको आयोजनाले जनाएको छ ।
यही महिनादेखि निर्माण दु्रतगतिमा भइरहेको गैँडाकोट–राम्दी–मालढुंगा आयोजना आयोजना कार्यालय पाल्पाले जनाएको छ । उक्त करिडोर १० मिटर फराकिलो बनाइनाका साथै घुम्ती तथा ग्रेड सुधार र ह्युम पाइप, नाली निर्माण जस्ता काम भइरहेको छ । सडकको निर्माण गर्ने जिम्मा पाएको महालक्ष्मी सिंह एण्ड ब्रदर्श कम्पनीले निर्माणको काम गरिरहेको छ ।




