२८ असोज, पर्वत । प्रतिनिधि सभा सदस्य सांसद पदम गिरीको आयोजनामा वडा दशै, तिहार लगाएतका पर्वतहरुको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाका स्थानीय तहका जनप्रतिनिधि तथा सर्वसाधरणहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा दशै, तिहारसंगै नेपाल सम्बत, इद, क्रिसमस र ल्होसार पर्वको संयुक्त रुपमा शुभकामना ब्यक्त गर्दै सांसद गिरीले सरकारले सम्बृद्ध नेपालको खाका गर्ने बाटोमा अगाडी बढेको बताएका थिए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य लालकाजी गुरुङ, पूर्व सांसद अर्जुन प्रसाद जोशी, जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेल, उप प्रमुख यामकुमारी राना, फलेवास नगरपािलकाका प्रमुख पदमपाणी शर्मा, मोदी गाउँपालिकाका प्रमुख प्रेम पौडेल, विभिन्न वडाका वडा अध्यक्षहरु समन्वय समितिका सदस्यहरु, वडा सदस्यहरु, कार्यालय प्रमुखहरु तथा सर्वसाधरणहरुको बाक्लो उपस्थिती रहेको थियो । सांसद गिरीले पर्वहरुले नेपाली दाजुभाई दिदिवहिनीहरुमा आत्मिएतामा बृद्धि हुने भएकाले आफूले यस्तो कार्यक्रमको आयोजना गरेको बताए ।
प्रतिनिधि सभामा विजय भएपछिको पहिलो बडा दशैको अवसर पारेर शुभकामना आदान प्रदान तथा जलपान कार्यक्रमको सांसद गिरीले आयोजना गरेका हुन । कार्यक्रममा कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तासंगै अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिती रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्दै सांसद गिरीले दिर्घकालीन रुपमा देखिने कामहरुको शुरुवात गरेको सरकारलाई चौतर्फी घेरावन्दी भएकाले काम गर्न थप असहज भएको बताए । उनले वैदेशिक नीति र स्थायीत्व प्रदान गर्न वर्तमान सरकार सफल भएको भन्दै आर्थिक सम्बृद्धि पथमा अगाडी बढेको सरकारको आलोचना गर्नु गलत रहेको औल्याए । वर्तमान सरकारको बचाउ गर्दै सांसद गिरीले असमान संन्धि र दुई राष्ट्र वीचको ठूलो दाई र कान्छो भाईको सम्बन्ध अव बराबरीको सम्बन्धमा रुपान्तरीत भएको दावी गरे । ४ वटा समुन्द्री बन्दगाह र उत्तरी क्षेत्रका ६ वटा नाका सञ्चालन गर्ने गरी वर्तमान सरकारले एतिहासिक सम्झौता गरेको उल्लेख गर्दै सांसद गिरीले उत्तरी नाका खोल्दा देशको आर्थिक विकासमा प्रगति हुने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा पर्वतबासी सम्पूर्ण दाजुभाई दिदिवहिनीहरुलाई शुभकामना ब्यक्त गर्दै सांसद गिरीले सरकार सम्बृद्धि पथमा हिडेको देशबासीले केहि बर्षमै अनुभति गर्ने दावी समेत गरे । देशको १३ खर्ब बजेट मध्ये ३ खर्ब बजेट मात्र विकास बजेट भएकाले सोचे जति दु्रत गतिमा कामहरु हुन नसक्ने सासद गिरीले कार्यक्रममा जानकारी गराए । उनले असारसम्म पहिलेको सरकारले ल्याएको बजेट कार्यान्वयन गरिएको र नयाँ सरकारको बजेट खर्च हुने समय बाँकी रहेकाले सरकारको मुल्यांकन गर्ने समय आइनसकेको दावी गरे ।
कार्यक्रम उपस्थित जनप्रतिनिधि तथा सर्वसाधरणहरुले एक आपसमा ब्यक्तिगत रुपमा शुभकामना आदान प्रदान गरेका थिए । सांसद गिरी तत्कालीन नेकपा एमालेका जिल्ला अध्यक्ष समेत हुन । उनी तत्कालीन संयुक्त बामगठबन्धनको तफबाट प्रतिनिधि सभामा भारी मतान्तरका साथ विजयी भएका थिए ।




