Print

निर्मला पन्त हत्याको छानवीनमा प्रहरीको कमजोरी भएकै हो’–सांसद गिरी

५ असोज, पर्वत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार माथि आक्रमण गर्नेका बिरुद्ध अरिङ्गालकनमो रुपमा प्रस्तुत हुन निर्देशन दिएपछि नेकपाका साँसदहरुले संसद बैठकमा बिपक्षी प्रति आक्रमक हुन थालेका छन ।

प्रतिनिधीसभाको बिहीबार बसेको बैठकमा नेकपा धेरै साँसदहरुले बिशेष समय लिएर बोल्दै सरकारको बचाउ गरे भने बिपक्षी माथि खरो आक्रमणमा उत्रिएका हुन ।

पर्वतबाट निर्वाचित प्रतिनिधीसभाका सदस्य पदम गिरीले बिहीबारको बैठकमा बिशेष समय लिएर बोल्दै निर्मला पन्त हत्याको छानवीनमा प्रहरीको कमजोरी भएकै हो बताए । उनले जुन ढङगले छानवीन प्रक्रिया अगाडि बढाउन पर्ने हो त्यसो हुन नसकेको भन्दै प्रहरीको धमिलो बन्दै गएको छविका कारण सरकारलाई समस्या परेको समेत बताए ।

निर्मला पन्तको हत्यामा प्रहरीले फितलो अनुसन्धान गरेको र अनुसन्धानलाई पारदर्शी र प्रभावकारी नबनाउँदा समस्या सृजना भएको बताउँदै साँसद गिरीले प्रहरीमा राजनैतिक घुसपैठ भएकाले संगठनको ब्यबसायिक छवि समेत घटेकोमा चिन्ता ब्यक्त गरे । २०४६ सालपछि कांग्रेसले चुनाबमा प्रयोग गरेका युवाई प्रहरीमा भर्ना गर्ने र उनीहरुलाई संगठनको नेतृत्व दिदा प्रहरी संगठनको साख घटेको आरोप समेत साँसद गिरीले लगाए ।

घटनामा अनुसन्धानमा कम्जोरी गर्ने प्रहरी अधिकृतहरुलाई समेत निलम्बन गरेर सहसचिब र डिआइजीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाएकोले सत्यतथ्य बाहिर आउने र हत्यारा कुनैपनि हालतमा उम्कन नपाउने बिश्वास पनि उनको छ ।

उनले निर्मला पन्त प्रकरणमा कांग्रेसले सरकार संग इमोशनल ब्ल्याकमेलिङ गरेको आरोप लगाए ।

‘सरकारले घटनालाई गम्भीरतापुवक लिएर उच्चस्तरीय अनुसन्धान समिति मार्फत अनुसन्धान गरिरहेको छ’ उनले भने ‘प्रतिपक्षले सरकारको असफलता हो भनेर इमोशनल ब्ल्याकमेलिङ गर्ने प्रयास गरेको छ’ निर्मला प्रकरणमा प्रहरीले अनुसन्धानमा गरेको कम्जोरीलाई सरकारको असफलता संग दाँज्ने काम भैरहेको भन्दै उनले आपक्ति समेत जनाए ।