Print

अन्ततः पर्वत सदरमुकाम कुश्मामा सवैजसो सरकारी कार्यालय रहने

१२ भदौ, पर्वत । संघियताका कारण जिल्ला सदरमुकामको अस्तित्व नै नरहने हल्ला चलिरहेको बेला अन्ततः जिल्ला सदरमुकाममा सवै जसो सरकारी कार्यालयहरु रहने भएका छन ।

जिल्ला सदरमुकाम रहेको पर्वतको कुश्मामा जिल्लाका साविकका सवै जसो सरकारी कार्यालयहरु रहने भएका हुन । प्रदेश सरकारले गरेको निर्णय अनुसार जिल्ला कृषि विकास कार्यालयलाई बागलुङ र पर्वत हेर्ने गरी कृषि ज्ञान केन्द्र रहने भएको छ । यसैगरी ५ जिल्लाको प्रमुख कार्यालयको रुपमा जिल्ला भुसंरक्षण कार्यालय भू तथा जलाधार ब्यवस्थापन कार्यालयको रुपमा रहने भएको छ । वन कार्यालय वन डिभिजन कार्यालयको रुपमा रहनेछ ।

मालपोत र नापी कार्यालय साविकको अवस्थामा सञ्चालन हुनेछन । घरेलु तथा साना उद्योग विकास कार्यालय पनि जिल्लामा रहने भएको छ । यसैगरी जिल्ला प्रशासन कार्यालय, जिल्ला प्राविधिक कार्यलय तथा समन्वय समिति पनि खारेजी नहुने भएका छन । जिल्ला शिक्षा कार्यालयलाई शिक्षा समन्वय इकाइको रुपमा स्थापना गरिने भएको छ ।

सिंचाई डिभिजन कार्यालय, हुलाक कार्यालय र स्वास्थ्य कार्यालय समेत खारेज भएका छैनन । खानेपानी कार्यालयको डिभिजन कार्यालय भने स्याङजा र पशु अस्पतालको कार्यालय बागलुङ रहने भएका छन । जिल्ला प्रहरी कार्यालय, अनुसन्धान कार्यालय पनि जिल्लास्तरीय हुनेछन । महिला तथा वालबालिका कार्यालय भने खारेजीमा परेको छ ।

यसैवीच कृषि ज्ञान केन्द्रको गण्डकी प्रदेशका मन्त्री लेखबहादुर थापा र भु तथा जलाधार कार्यालयको गण्डकी प्रदेकै अर्का मन्त्री विकास लम्सालले शुभारम्भ भएको घोषणा गरेका छन । अरु कार्यालय भने साविककै अवस्थामा सञ्चालनमा हुनेछन । कृषि ज्ञान केन्द्रले बागलुङज र पर्वत जिल्ला हेर्नेछ भने भु तथा जलाधार कार्यालयले भने पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ र स्याङजालाई हेर्नेछ ।