१२ भदौ, पर्वत । गण्डकी प्रदेस सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले स्थानीय तहहरुले सडकमा मात्रै रकम विनियोजन गरेर संघियताको मर्म विपरित काम गरीरहेको बताएका छन ।
गृहजिल्ला पर्वतमा भएको भू तथा जलाधार ब्यबस्थापन कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री लम्सालले वन, उद्योग र जलाधारको क्षेत्रमा स्थानीय तहहरुले धेै न्यून मात्र बजेट विनियोजन गरेको आरोप लगाएका हुन ।
कार्यक्रममा मन्त्री लम्सालले प्रदेश सरकारले संघिय सरकारसंग आफ्नो अधिकारको माग गरीरहेको समेत बताए । उनले प्रधानमन्त्रीसंग नभई सिंहदरवारसंग त्यस्तो माग राखिएको समेत खुलासा गरे ।
‘संघीय सरकारले अहिले पनि काम गर्ने स्पष्ट वातावरण बनाउने कुरामा अबरोध गरिरहेको छ’ उनले भने ‘हामीले प्रधानमन्त्री ओलीको हैन फेरिन नसकेको सिंहदरबारको मानसिकताको बिरोध गरेका हौ’ ।
आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको बेला सम्मान रहेको बताउँदै उनले तर अहिले पनि प्रदेश सरकारको हातखुट्टा बाँध्ने काम सिंहदरबारमा बस्ने कर्मचारी र मन्त्रीहरुबाट हुन थालेकाले बिरोध गर्न बाध्य भएको स्पष्ट पारे । अहिलृे पनि संघ र प्रदेशले सञ्चालन गर्ने योजनाहरुको बर्गिकरण समेत हुन नसकेको गुनासो उनको थियो । ‘राष्ट्रिय गौरब, प्रदेशका योजना बाँडफाँड भएकै छैनन’ उनले भने ‘प्रदेश सरकारले कसरी काम गर्ने ? ’
संघीय सरकारले प्रदेशमा कर्मचारी ब्यबस्थापन गर्न नसकेका कारण काम गर्न समस्या भएको समेत बताए । कर्मचारीको नाम, बिबरण आउने तर कुर्सी खाली रहने अवस्था सरकार गठन भएको लामो समय सम्म कायम भएकाले पनि समस्या थपिएको भन्दै अब प्रदेश सरकारले आफ्नो मातहतका संरचना तयार गरि काम गर्ने जानकारी दिए ।
‘अब कामले गति लिन्छ’ उनले भने ‘जनतालाई केही भएन भनेर निराश बनाउने काम भैरहेको छ, हामी मनोबल उठाउने गरि काम गछौ’
उक्त कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले स्थानिय तह र प्रदेशका बिचमा कामको सहकार्य र समझदारी नबन्दा सम्म कठिनाई आईपर्न लागेको बताए ।
सबैक्षेत्रमा काम गर्ने कुरामा अन्यौलता कायम रहेकाले यसलाई जति सक्दो चाँडो फुकाउन जरुरी रहेको कुरामा जोड दिए । मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले भने प्रदेश सरकारले धमाधम कार्यालय खोलेर स्थानिय तहलाई कम्जोर बनाउन खोजेको आरोप पनि लगाए ।




