Print

विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जती गरे वा गराएमा ३ बर्ष कैद र १० हजार जरीवाना

३० साउन, काठमाण्डौं ।  संहिता ऐनको भाग ३ को परिच्छेद २ मा गाली बेइज्जती सम्बन्धी कसूर व्यवस्था गरिएको छ ।

दफा ३ सय ५ ले कसैले कसैलाई गाली गर्न हुँदैन भनेको छ । यदि कसैलाई होच्याउने नियतले बोली वा वचनले अपमानजनक शब्द प्रयोग गरेमा यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँँँसम्म जरिबाना वा दुवै सजाय हुने ऐनमा छ ।

२०१६ सालमा बनेको गाली र बेइज्जतीको ऐन–२०१६ माथि २०३७ सालमा पहिलो संशोधन गरिएको थियो । सर्वसाधारणको इज्जत र मानमर्यादा कायम राख्न पाउने अधिकारको रक्षाका लागि गाली र बेइज्जतीको कसूरको निम्ति सजायको व्यवस्था गर्न आवश्यक देखिएकाले ऐन जारी भएको हो ।

त्यस्तै कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।  विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जती गरे वा गराएमा त्यस्तो सजायमा थप एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म थप जरिवाना हुनेछ ।

मरिसकेका कुनै व्यक्तिलाई यस परिच्छेद बमोजिम बेइज्जती गरेको ठहरिएमा कसुरदारबाट त्यस्तो बेइज्जतीबाट भावनामा चोट लागेको निजको हकवालाई समेत क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ ।