३० साउन, काठमाण्डौं । अश्लिल किताब प्रकाशन वा बिक्रीवितरण तथा अश्लिलता झल्कने चलचित्र निर्माण गर्ने लाई अब एक वर्षसम्म कैदको सजाय हुने भएको छ ।
सोही परिच्छेदको दफा १ सय २१ ले शारीरिक कामोत्तेजना बढाउने वा काम वासनामा आशक्त गराउने वा चरित्रहीन बनाउने कुनै पनि अश्लिल किताब, पर्चा, रेखाचित्र, चलचित्र, तस्वीर, रेकर्ड वा अरु कुनै वस्तु बनाउन, मुद्रण गर्न वा प्रकाशित गर्न वा विद्युतीय सञ्चार माध्यमबाट प्रचार प्रसार गर्न बन्देज गरिएको उल्लेख छ ।
यस्तो कार्यमा संलग्न कसूरदारलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था ऐनले गरेको छ ।




