साउन १०, पर्वत । विश्वकै सवैभन्दा पुरानो सेवामुलक संस्था रोटरी इन्टरनेशनल, डिष्ट्रिक ३२९२ नेपाल–भुटान अन्र्तगत स्थापित रोटरी क्लव अफ पर्वतको नवौं पदस्थापना कार्यक्रम शनिवार पर्वत सदरमुकाम कुश्मावजारमा सम्पन्न भयो । सामाजिक अधिकारकर्मी विश्व प्रकाश प्रसाईको नेतृत्वमा सन २००९ मा रोटरी क्लव अफ पर्वत गठन भई क्रियाशिल रँहदै आएको छ । कार्यक्रममा क्लवका वर्ष २०१७÷१८ का अध्यक्ष बिप्लव हमालले वर्ष २०१८/१९ का अध्यक्ष सावित्री खत्री क्षेत्रीलाई माइन्यूट, चार्टर सर्टिफिकेट, कलर लगायत रोटरी सामाग्रीकासाथ आफ्नो पद तथा जिम्मेवारी हस्तान्तरण गर्नु भएको थियो । जिम्मेवारी हस्तान्तरण पश्चात स्वीकारोक्ती मन्तव्यका साथ अध्यक्ष सावित्री खत्री क्षेत्रीले आफ्नो टिमको परिचय र पदस्थापना गराउनु भएको थियो ।
नयाँ पदस्थापित हुने पदाधिकारीहरुमा निवर्तमान अध्यक्ष विप्लव हमाल, प्रेसिडेण्ट इलेक्ट लेखनाथ शर्मा, प्रेसिडेण्ट नोमिनी रमेश पौडेल, भाईस प्रेसिडेण्ट उत्तम प्रसाद अधिकारी, क्लव सेक्रेटरी कृष्ण प्रसाद शर्मा, ट्रेजर नेत्र पौडेल, ज्वाईन्ट ट्रेजरर राजेश पौडेल हुनुहुन्छ । यसै गरी कम्युनीटी चियर हिम वहादर पौडेल, टिआरए कमिटी चियर नवराज भण्डारी, क्लव एडमिन कमिटी चियर नवराज शर्मा, मेम्वरसिप चियर दोर्णराज पौडेल, न्यू जेनेरेशन कमिटि चियर मोहन आचार्य, पव्लिक कमिटि चियर योगराज गिरी, आईटि अफिसर रविन्द्र अधिकारी, ठाकुर पौडेल, देवी प्रसाद पौडेल, केदारनाथ शर्मा, अज्यूत तिवारी, प्रेम प्रसाद शर्मा र क्लवका सर्जेन्ट एट आर्म ओम प्रसाद उपाध्याय हुनुहुन्छ । अध्यक्ष खत्री क्षेत्रीलाई एजि रेशम वहादुर के।सी। ले र आफ्नो टिमलाई अध्यक्ष सावित्री खत्री क्षेत्रीले सपथ ग्रहण गराउनु भयो ।
कार्यक्रममा नव रोटरीयन लक्ष्मी कुमारी मेधासी, विश्ववन्धु प्रसाई, युधिष्ठि भुषाल, आर।सी। पौडेल र कृष्ण प्रसाद श्रेष्ठलाई असिस्टेन्ट गर्भनर के।सी।ले सपथ ग्रहण गराउनु भएको थियो भने कार्यक्रममा अमरटिका फाउण्डेशन, नेपालको सौजन्यमा सफल उद्यमी व्यवसायी थानेश्वर भुषाललाई रोटरी व्यवसायिक सम्मान प्रदान गरिएको थियो ।
संयुक्त पदस्थापना समारोहमा प्रमुख अतिथिको आसन वोल्दै डिष्ट्रिक गर्भनर नोमेनी राजिव पोखरेलले रोटरीको सेवा दिनदुखीमा केन्द्रित रहेता पनि रोटरीको संरचना अपेक्षित रुपमा ग्रामीण क्षेत्रमा पुग्न नसकेको भन्दै अव रोटरीले ग्रामीण क्षेत्रमा विस्तार गर्नुपर्ने वताउनु भयो ।
विश्वकै सवै भन्दा पुरानो रोटरी र दोश्रो ठूलो रोटरी फाउण्डेशनवाट नेपालमा शिक्षा, स्वास्थ्य र मानवताको क्षेत्रमा धेरै काम भएको वताउनु हुँदै रोटरी क्लव अफ पर्वत सफल र उदाहरणीय रहेको वताउनु भयो । कार्यक्रममा एसिस्टेन्ट गर्भनर रेशम वहादुर के।सी। पुर्व एजि केशव आचार्य, पर्वत उद्योग वाणज्य संघका अध्यक्ष केदारनाथ शर्मा, रोटरी क्लव अफ वाग्लुङ अध्यक्ष विना कार्की, रोटरी क्लव अफ पर्वतका पुर्व अध्यक्ष प्रेम प्रसाद पौडेल, गोपी अधिकारी, शिव शर्मा पौडेल, उपाध्यक्ष उत्तम प्रसाद अधिकारीले मानवीय सेवामा रोटरीको भुमिकाको वारेमा चर्चा गर्नु भएको थियो ।
यसै गरी कार्यक्रममा गैसस महासंघका अध्यक्ष शिव प्रसाद शर्मा, लोकतान्त्रिक गैसस महासंघका अध्यक्ष गणेश वहादुर क्षेत्री, इनरह्वील क्लव अफ पर्वतका अध्यक्ष जमुना अधिकारी, रोट्याक्ट क्लव अफ पर्वतका संस्थापक अध्यक्ष मोहन आचार्य, रोट¥याक्ट क्लव अफ पर्वत पोखराका अध्यक्ष दुर्गा कुमारी शमा, सफल उद्यमी थानेश्वर भुषालले विगतको वोडलाई वधाई तथा वर्तमान टिमलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रमममा स्वगत मन्तव्य संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले र सञ्चालन पुर्व अध्यक्ष गणेश पौडलेले गर्नु भएको थियो
यसै विच क्लवको नवौ पदस्थापना, स्वर्गिय टिका वहादुर प्रसाईको सातै पुण्य तिथि र नेष्डो नेपालको वार्षिक समिक्षाको अवसरमा विविध कार्यक्रमहरु सम्पन्न भएका छन । जस अन्र्तगत मंगलवार १३ जना दिर्घ विरामीलाई १ लाख १० हजार राहात सहयोग, वेलुका लोकतन्त्रचोकमा दिप प्रज्वल, वुधवार विहान पर्वत अस्पतालका विरामीलाई फलफुल वितरण गरिएको छ भने विहिवार विहान पर्वत कारागारका कैदी वन्दीलाई टेलिभिजन हस्तान्तरणको कार्यक्रम रहेको छ ।




