Print

पहिरो पिडितको पिडामा मलम लगाउँदै सांसद गिरी, संसद वैठक छाडेर अस्पतालमा

३ साउन, पर्वत । पहिरोले घर बगाउँदा घाइते भएका जिल्लाको जलजला गाउँपालिका वडा न ७ धाइरिङका घाइतेहरुलाई प्रतिनिधि सभा सदस्य पदम गिरीले भेटघाट गरेका छन ।

पहिरोमा परी घाइते भएका नारायणी आचार्य, भिमलाल आचार्य र तुलसीदेवी आचार्यलाई गिरीले भेटेर सरकारको तर्फबाट घाइतेहरुको उपचारमा कुनै कमी नराख्ने प्रतिबद्धता ब्यक्त गरेका हुन ।

अविरल बर्षातका कारण रातको समयमा आएको पहिरोका कारण उनीहरु घाइते भएका थिए । पहिरोले उनीहरुको घरमा समेत क्षति पुराएको छ ।
सोहि दिन पहिरोका कारण जलजला ८ नाङलीवाङका १६ बर्षिय विकास परियारको मृत्यु भएको थियो । पर्वतबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद गिरीले यस अघि विपत्तीको बेला सबैले मिलेर उद्धार र राहत कार्यमा सहभागी हुन अनुरोध गरेका थिए । यसैगरी मृतक प्रति श्रद्धाञ्जली समेत ब्यक्त गरेका थिए ।

पहिरोले जिल्लाबासीलाई आहत बनाउन थालेपछि सांसद गिरी संसद वैठक नै छाडेर घाइतेको अवस्था बुझन विहिबार पोखरा आइपुगेका हुन ।
घाइेतहरुसंगको भेटघाट पछि गिरीले घाईतेहरुको सिघ्र स्वास्थ लाभको कामना गर्दैै मृतक परिवारको परिवारलाई उचित राहत र घरवास ब्यवस्थापनमा आफूले पहल गर्ने समेत प्रतिबद्धता ब्यक्त गरेका छन ।

पहिरोमा परी घाइते हुनेहरुको पोखरामा उपचार भईरहेको छ । उनीहरुको अवस्था अहिले सामान्य रहेको बताइएको छ । घाइतेहरुलाई नेपाली सेनाले उद्धार गरी बागलुङ अञ्चल अस्पतालमा पठाएको थियो ।अञ्चल अस्पतालबाट उनीहरुलाई पोखरा पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा रिफर गरिएको थियो ।