Print

अवरुद्ध मालढुंगा–वेनी सडक सुचारु

२ साउन, पर्वत । अविरल बर्षातसंगै गएको पहिरोका कारण अवरुद्ध मालढुंगा–बेनी सडक बुधवार दिउँसो देखि सुचारु भएको छ । बर्षातका कारण बुधवार राती सडक खण्डका झण्डै एक दर्जन ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध बनेको थियो ।

सडक खुलाउन सडक डिभिजन कार्यालय बागलुङले विहानै देखि जेसिवी प्रयोग गरेपनि पहिरोको संख्या धेरै भएका कारण सडक अवरुद्ध बनेको थियो ।

सडकको धेरै ठाउँमा पहिरो जाँदा विहान नाङलीवाङ र धाइरिङमा पहिरोले घर पुर्दा भएका विरामी र बेपत्ता हुनेको उद्दारमा समेत समस्या परेको थियो ।

सवै ठाउँका पहिरो हटाएपछि बुधवार दिउँसो देखि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । सडक बन्द हुँदा वेनी र मुस्ताङका लागि छुटेका सवारी साधनहरु वीच बाटोमा अलपत्र परेका थिए ।