Print

पहिरोमा मृत्यु हुनेको परिवारलाई प्रशासन कार्यालय पर्वतद्धारा १ लाख रुपैंया राहत प्रदान

२ साउन, पर्वत । पहिरोले पुरीएर मृत्यु भएका जिल्लाको जलजला गाउँपालिका ८ न नाङलीवाङका विकास परियारको परिवारलाई जिल्ला प्रशासन कार्यालय पर्वतले घटना स्थलमा नै पुगेर तत्कालका लागि १ लाख राहत प्रदान गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेलले उक्त रकम परिवारलाई बुधवार नै हस्तान्तरण गरे ।

उक्त अवसरमा राज्यबाट प्र्रदान हुने अन्य सुविधाहरु पनि प्रदान हुने बताउँदै समन्वय समिति प्रमुख विश्वकर्माले गाउँपालिकाबाट पनि उचित राहत मिल्ने बताए । गाउँपालिका प्रमुख रामकृष्ण मल्लले गाउँपालिकाबाट वस्ती स्थानान्तरण र तत्कालका लागि पहिरो पिडितको लागि गर्न सकिने सवै खालका राहतका सहयोगहरु हुने विश्वास दिलाए ।

पहिरोका कारण जलजला गाउँपालिककै धाइरिङमा ३ जना गम्भिर घाइते भएका छन । घाइेतहरुमा नारायणी आचार्य, भिमलाल आचार्य र तुलसीदेवी आचार्य रहेका छन ।

उनीहरुलाई उपचारका लागि अञ्चल अस्पताल बागलुङ लगिएको छ । घाइते मध्ये नारायणी आचार्य गम्भिर रहेको प्रहरीको भनाई छ । उनीहरुलाई थप उपचारका लागि काठमाण्डौं लैजाने गरी तयारी पनि भईरहेको प्रजिअ ढकालले जानकारी दिए ।

पहिरोको उच्च जोखिममा रहेका लस्तीका झण्डै १ दर्जन घरपरिवारलाई स्थानीय विद्यालयमा तत्कालका लागि आश्रय दिने गरी तयारी भईरहेको जिल्ला समन्वय समितिका प्रमुख विश्वकर्माले बताए ।

प्रशासन र स्थानीय तहसंगको समन्वयमा वस्ती नै स्थानान्तरण गर्ने विषयमा समेत छलफल भईरहेको विश्वकर्माको भनाई छ ।