२५ वैशाख, पर्वत । महाशिला स्वय्म सेवक कार्यक्रम अन्तर्गत ३ सय ५७ जनाले रोजगारी पाउने भएका छन । उनीहरुलाई पहिलो चरण अन्तर्गत १ महिने तालिम प्रदान गरिने छ ।
गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलका अनुसार २ सय ४ महिला र १ सय ४७ पुरुष पहिलो चरणमा सहभागी हुँदैछन ।
उनीलाई मंगबार देखि सीपमूलक तालिम प्रदान गरिनेछ । १ महिने तालिम लिएका उनीहरु आफ्नो दक्षता अनुसारको क्षेत्रमा काममा खटिनेछन । काममा खटिए वापत उनीहरुले मासिक ६ हजार पारिश्रमिक समेत पाउनेछन ।
अध्यक्ष पौडेलले गाउँमा पुरुषको संख्या थोरै भएकाले स्वय्म सेवक कार्यक्रममा पनि महिलाको उपस्थिती बढि रहेको बताउँछन । पुरुष वैदेशिक रोजगारका लागि बाहिर भएकाले पनि महिलाहरु स्वय्म सेवक कार्यक्रममा धेरै सहभागी भएको उनले बताए ।
गाउँपालिकाले गाउँपालिका भित्रकै श्रमको परिचालन गर्दै स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाको पहिलो गाउँ सभाबाट एक घर : एक रोजगार कार्यक्रम समेत पारित गरेको छ ।
सोहि कार्यक्रम अन्तर्गत गाउँपालिकाले ६ सय जनालाई रोजगार दिने गरी तयारी गरेपनि जनसंख्याको अनुपातका आधारमा पहिलो चरणमा ३ सय ५७ जना उक्त अभियानमा सहभागी हुने भएका हुन ।
सहभागीहरुले आवेदन दस्तुर मार्फत १ हजार रुपैया तिरेका छन । गाउँपालिकाका ६ वटा वडाका सहभागीहरुलाई औपचारिक रुपमा तालिम प्रदान गरेपनि उनीहरुलाई काममा खटाईने अध्यक्ष पौडेल बताउँछन ।




