६ फागुन, पर्वत । २६ वर्षदेखि बन्द रहेको बागलुङको बलेवा विमानस्थल अब पुन संचालनमा आउँनेभएको छ ।
सोमबार बिहान ११ बजे पोखराबाट उडेको तारा एअरको १८ सिट क्षमताको ९ एन एकेएल बिमान ८ मिनेटमा बलेवा बिमान स्थलमा अवतरण भएको थियो ।
तारा एअर संगै चैत १५ गतेबाट नेपाल एयर पनि सञ्चालनमा आउने बताइएको छ ।
प्रत्येक हप्ताको आईतबार तारा एयर र बिहिबार नेपाल एयरलायन्सले उडान गर्ने गरी सम्झौता भएको बताइन्छ ।
पाईलट प्रभाकर प्रसाद घिमीरेले काठमाडौं देखि बलेवा विमानस्थलमा आइपुग्न ४५ मिनेट समय लाग्ने भन्दैं तत्काल उडान भर्नको लागि विमानस्थलमा कुनै समस्या नरहेको समेत बताउँनुभयो ।
विमान स्थलमा २६ वर्ष पछि प्लेन आउदा स्थानीयहरु खुसी भएका छन् ।
विमान सञ्चालन आएपछि बागलुङ, मुस्ताङ, म्याग्दी, पर्वत र बागलुङ लाभान्वीत हुनेछन् भने कालीगण्डकी करिडोरको प्रयोग गर्दै गुल्मी जिल्लाले समेत सेवा लिन मिल्ने बताईएको छ ।
चैत ९ गतेदेखि हप्ताको दुई पटक तारा एरलाईन्स र नेपाल एरलाईन्सले नियमीत उडान भर्नेछन् ।
तत्कालको लागि काठमाडौं देखि बलेवा सम्म न्युनतम ५ हजार देखि ६५ सय सम्म हुनसक्ने बताईएको छ ।




