५ चैत, पर्वत । सम्माननीय राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सीना भोली (चैत ६ गते) पर्वत आउँदैछन । राष्ट्रिय सभा अध्यक्ष भएपछि तिमिल्सीना पहिलो पल्ट गृह जिल्ला पर्वत आउँदैछन ।
नेकपा एमालेको राजनीतिमा लामो समय योगदान पुराएका तिमिल्सीना एमालेको राजनीतिबाटै राष्ट्रिय सभा सदस्य र त्यसपछि राष्ट्रिय सभा अध्यक्ष बन्न सफल भएका हुन ।
तत्कालीन जिल्ला विकास समिति पर्वतको सभापति समेतको भूमिका निर्वाह गरीसकेका तिमील्सीना एमालेको प्रदेश न ४ का सह संयोजक समेत हुन ।
राष्ट्रिय सभाको अध्यक्ष पदमा पुगेसंगै पार्टी राजनीतिबाट अलग रहेको तिमिल्सीनालाई मंगलबार दिनको १० बजे मोदीगाउँपालिका पर्वतले बधाई ज्ञापन गर्ने कार्यक्रम रहेको छ ।
उक्त गाउँपालिका तिमिल्सीनाको गहृ गाउँपालिका समेत हो ।
पारिवारिक भेटघाटका लागि पर्वत आउन लागेका तिमिल्सीनालाई दिनको ११ बजे जिल्ला समन्वय समिति पर्वतले सम्मान गर्ने कार्यक्रम रहेका उनको नीजि सचिवालयले जनाएको छ ।
तिमिल्सीना दिनको १ बजे गृह वडा राम्जादेउराली जानुहुनेछ ।
आफ्नो जन्म गाउँ समेत रहेको उक्त वडामा स्थानीयले आयोजना गरेको सम्मान कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको तिमिल्सीनाको सचिवालयले जनाएको छ ।




