Print

बलेवा विमानस्थलमा जहाज आएपछि पर्वत र बागलुङबासी दङग

५ चैत, पर्वत । विगत २६ बर्ष देखि बन्द रहेको बागलुङ स्थित वलेवा विमानस्थल सञ्चालनमा आएको छ ।

सोमबार तारा एयरलाइन्सको विमानले परिक्षण उडान गरेसंगै विमानस्थल सञ्चालनमा आउने भएको हो ।

तारा एयरलाइन्सको विमानमा सवार प्राविधिक टोलीले सोमबार परिक्षण उडान गरेको थियो ।

परिक्षण उडान पछि पाइलटहरुले विमानस्थलमा नियमित उडान भर्न सकिने प्रतिक्रिया दिएका छन ।

सोमबार विमानमा उडान भरेका प्रभार प्रसाद घिमिरेले रुखहरुको कटान र पानी परेको बेला जहाजको ल्यान्डिङमा समस्या रहेको बताए ।

उनले नजिकका रुखहरु थप कटान गर्नुपर्ने र पानी परेको बेलाको ल्यान्डिङ खतारयुक्त रहेपनि अरु मौसममा विमानस्थल सञ्चालनमा कुनै समस्या नरहेको बताए ।

सोमबार ३ जना पाइलन्टसंगै नागरिक उड्यन प्राधिकरणका ११ जनाको टोली विमानस्थलमा झरेको थियो ।

पोखरा देखि वलेवा विमानस्थलसम्मको यात्रा भरेको तारा एयरले एयरपोटको अवलोकन र परिक्षणका लागि ४ पटक राउण्ड लगाएको थियो ।

विमानस्थलमा नियमित उडान भने आगामी चैत ९ गते देखि हुने बताइएको छ ।