२३ फागुन, पर्वत । शिवम् न्यु डायमण्ड एकेडेमी र एपीएफ क्लब साबित्री कन्चनजंगा दोश्रो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाईनमा प्रवेश गरेका छन् ।
मंगलवार पबर्तको कुस्मामा भएको लिग खेलमा दुवै टिमले दोहोरो जित निकाल्दै समूह बिजेताका रुपमा अन्तिम चारमा स्थान बनाएका हुन् ।
बडगाउ स्थित शसस्त्र प्रहरी बलको कोर्टमा भएको उद्घाटन खेलमा शिवम् न्यु डायमण्डले नेपाल आर्मीमाथी ३–० को सहज जित निकाल्यो ।
दोश्रो खेलमा पनि शिवम् न्यु डायमण्डले पश्चिमाञ्चललाई ३–० कै सोझो सेटमा स्पब्ध बनायो ।
उदघाटन खेलमा शिवम् न्यु डायमण्डले नेपाल आर्मीलाई २५–१७,२५–१४ र २५–१७ को सेटमा हराउदा दोश्रो खेलमा पश्चिमाञ्चललाई २५–११,२५–६ र २५–१४ को सोझो सेटमा हरायो ।
समूह “ए” बाट शिवम् न्यु डायमण्ड बिजेताको हैसियतले सेमिफाईनलमा प्रवेश गरेको हो ।
बुधवार हृुने आर्मी र पश्चिमाञ्चल बीचको लिग खेलको बिजेताले समूह को उपबिजेताको रुपमा सेमिफाईनलमा स्थान पाउने छ ।
दशौं पश्चिमाञ्चल महिला महोत्सव तथा रेडियो दिदिबहिनी ९५.२ मेगाहर्जको आठौं वार्षिकोत्सवका अवसरमा संचालन भएको प्रतियोगितामा एपीएफले नेपाल पुलिसलाई ३–१ को सेटमा हरायो ।
एपीएफले पुलिसमाथी २५–१७,२७–२९,२५–२१ र २५–११ को सेटमा रोक्यो ।
दोश्रो खेलमा एपीएफले र आयोजक दिदि बहिनीलाई २५–२,२५–४ र २५–१२ को सोझो सेटमा हरायो । समूह “बी”बाट एपीएफ बिजेताको हैसियतमा सेमिफाईनल प्रवेश गर्दा उपबिजेताको रुपमा नेपाल पुलिस र आयोजक दिदीबहिनी बीचको बिजेताले प्रवेश पाउने छ ।
प्रतियोगिताको शसस्त्र चण्डीका गणका गणपती एस्पी नवराज अर्याल,आयोजक रेडियो दिदिबहिनीकी अध्यक्ष कल्पना चापागाई,नेपाल भलिबल संघका उपाध्यक्ष एवम् प्रतियोगिताका संयोजक यमवहादुर गृुरुङले सयुक्त रुपमा रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गरेका थिए ।
साबित्री कन्चनजंगा अगरबत्तीको मुख्य प्रयोजन रहेको प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको छ ।




