७ फागुन, पर्वत । प्रतिनिधी सभा सदस्य तथा नेकपा एमाले पर्बतका जिल्ला अध्यक्ष पदम गिरीले अबको ५ बर्ष भित्र जिल्लाका सबै युवाहरुलाई रोजगारको अबसर प्रदान गरिने बताएका छन ।
हामी आफ्नो हातमा सुनको थाल हुँदा पनि त्यहि सुनको थालमा मागेर खाएको भन्दै आफ्नै देशमा भएका प्राकृतिक श्रोत साधनको प्रयोग गरि लाखौँ रुपैया आम्दानी गर्न सकिने बताए ।
शुभकामना युवा क्लब बिहादी गाउँपालीका २ बर्राचौरले आयोजना गरेको आफ्नो ८ औँ बार्षिक उत्सब तथा नौनादी महोत्सबमा प्रमुख अथितीको रुपमा बोल्दै गिरीले यस्तो बताएका हुन ।
फागुन १ देखि ५ सम्म सन्चालन भएको महोत्सबमा पुरुषभलिबल प्रतियोगिता तथा सांकृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।
भलिबल प्रतियोगितामा श्री शितल चौतारी युवा क्लब प्रथम, आयोजक क द्धितिय, आयोजक ख तृतिय र रक्षा क्लब सान्तवना भएको थियो ।
विजयी टिमलाई क्रमश ३१ हजार बोका र प्रमाण प्रत्र, २१ हजार मेडल प्रमाण पत्र, ११ हजार मेडल र प्रमाण पत्र, ६ हजार मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
शुभकामना युवा क्लबका अध्यक्ष प्रदिप गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिहादी गाउँपाली वडा नं २ का वडा अध्यक्ष ओमप्रसाद कुवँर वडा प्रतिनीधी लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको सन्चालन सन्चारकर्मी एभरेष्ट गहतराजले गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय ख्याति प्राप्त लोक तथा दोहोरी गायक पुस्कल शर्मा, अमृता नेपाली, स्थानिय कलाकार शितल पौडेल र माया पौडेल का बजोड प्रस्तुति रहेको थियो ।
– एभरेष्ट गहतराज




