Print

पर्वत कांग्रेसलाई अर्को सुखद खवर, गुरुङ प्रतिनिधि सभा सदस्य बन्दै

२९ माघ, पर्वत । नेपाली काँग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदको सूची तयार पारेको छ । निर्वाचन आयोगले माग गरेबमोजिम पार्टीले प्राप्त गरेको सिट संख्याअनुसार काँग्रेसले बन्दीसूचीबाट समावेशी समूहसमेत मिलाएर सूची तयार पारेको हो ।

आइतबार काँग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ पार्टीले पाएको ४० सिटका लागि नाम छनोट गरेको हो । छनोट गरिएको नामावली आइतबार नै निर्वाचन आयोगसमक्ष बुझाइएको काँग्रेसले जनाएको छ ।

योसंगै धौलागिरी क्षेत्रमै प्रत्यक्ष निर्वाचत तर्फ क्लिन स्विप बनेको नेपाली कांग्रेसले यो क्षेत्रमा थप सांसद पाउने भएको छ ।

नेपाली कांग्रेस पर्वतका निर्वतमान सभापति समेत रहेका नेता लालकाजी  गुरुङ समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्य हुने भएका हुन । उनी जिल्लाको कुश्मा नगरपालिका दुर्लुङ निवासी हुन ।

योसंगै प्रत्यक्ष निर्वाचनमा ३ वटै सिट गुमाएको कांग्रेसले प्रतिनिधि सभामा पनि पर्वतबाट आफ्नो प्रतिनिधित्व सुनिश्चित गरेको छ ।

यस अघि प्रदेश सभामा समानुपातिक तर्फबाट नेपाली कांग्रेसकी ललितकला गुरुङ प्रदेश सभा सदस्य बनिसकेकी छिन ।

काँग्रेसले तयार पारेको समानुपातिकतर्फका सांसद निम्न लिखित छन् ।

खस/आर्य (पुरुष-६)
बालकृष्ण खाँड
दिलेन्द्र बडु
किशोरसिंह राठौर
सत्यनारायण खनाल
सूर्यबहादुर केसी
मोहन पाण्डे

आदिवासी जनजाति-५
बहादुरसिंह लामा
कर्मा घले
उमेश श्रेष्ठ
लालकाजी गुरुङ
जिपछिरिङ लामा

दलित-३
मानबहादुर विश्वकर्मा
मीन विश्वकर्मा
प्रकाश रसाइली

मधेसी-३
विनोद चौधरी
स्मृतिनारायण चौधरी
नगेन्द्रकुमार राय

महिला (खस/आर्य-६)
सुजाता कोइराला
पुष्पा भुसाल
डिला संग्रौला
मीना पाण्डे
उमा रेग्मी
दीपशिखा शर्मा

महिला (जनजाति-६)
ज्ञानकुमारी छन्त्याल
प्रमिला राई
महेन्द्रकुमारी लिम्बू
हीरा गुरुङ
मीना सुब्बा
सुवर्ण ज्वारचन

महिला (दलित-३)
सुजाता परियार
लक्ष्मी परियार
विमला नेपाली

महिला (मधेसी-३)
सीतादेवी यादव
चित्रलेखा यादव
मीनाक्षी झा

थारू (१)
पद्यमनारायण चौधरी

मुस्लिम(१)
अतहर कमल मुसलमान

पिछडिएको क्षेत्र (१)
जयपति रोकाया