Print

जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

२९ माघ, म्याग्दी । जोमसोम सडकखण्डअन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आइतबार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

दुर्घटनामा परी बेपत्ता भएकी रघुगंगा गाउँपालिका–१ की लिमाया पुर्जा मृत फेला परेपछि दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको हो ।

उनलाई दुर्घटनास्थलदेखि करिब एक किलोमिटर तल राहुपारे नजिकैको झोलुङ्गे पुल छेउको कालीगण्डकी किनारमा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शिवप्रसाद पाठकले जानकारी दिनुभयो ।

ग १ ज ५७६० नं को बोलेरो सडकबाट करिब १०० मिटर तल कालिगण्डकी नदीको किनारमा खसेर दुर्घटना भएको हो ।

पोखरादेखि बेग जाँदै गरेको सो जिपमा चालकसहित पाँच जना सवार रहेका थिए ।