२९ माघ, पर्वत । जिल्लाको फलेवास नगरपालिका वडा न १० सुन्दर प्रसाद श्रेष्ठलाई पर्वत प्रहरीले जवरजस्ती करणी उद्योगमा सग्लन्न रहेको आरोपमा पक्राउ गरेको छ ।
३६ बर्षिया श्रेष्ठले अत्याधिक मादक पदार्थ सेवन सोहि स्थानमा बस्ने एक विवाहित युवतीलाई सार्वजनिक स्थानमा जवरजस्ती करणी गर्न लागेकोे आरोपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दिलिप घिमिरेले जानकारी दिए ।
प्रहरीका अनुसार अत्याधिक मादक पदार्थ सेवन गरी श्रेष्ठले जवरजस्ती गर्ने प्रयास गरेको आरोप लगाइएको छ ।
गत माघ २४ गतेका दिन घटना घटेको भएपनि श्रेष्ठलाई गत माघ २६ गते मात्रै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले श्रेष्ठलाई कुश्मा नगरपालिकाको शिवालय चोकबाट पोखरा तर्फ जान लाग्दा नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरी नायव उपनिरिक्षक घिमिरेका अनुसार श्रेष्ठलाई जवरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरी थप अनुन्धान भईरहेको छ ।




