१६ कार्तिक, पर्वत । जेष्ठ नागरिकले पाउँदै आएको भत्ताको उमेर घटाएर नेपाली कांग्रेस नेतृत्वको सरकारले आफ्नो जनमत बढाउने दिवा स्वप्न देखेको सांसद पदम गिरीले बताएका छन ।
सोमबार पर्वतको मोदी गाउँपालिका ८ चित्रेलाई बालमैत्री वडा घोषणा गर्दै सांसद गिरीले पार्टीको घोषणा पत्र र बजेट नीति तथा कार्यक्रममा नभएको विषयमा निर्णय गरेर देउवा सरकारले कांग्रेसको जनमत बढाउने दिवा स्वप्न देखेकोे बताएका हुन ।
प्रतिनिधि सभा सदस्य गिरीले ५ बर्ष पछि जनताले बामपन्थी सरकारबाट विकासको लहर पाउने भन्दै बृद्ध भत्ताको उमेर घटाएको कांग्रेसले जनताको जनमत नपाउने ठोकुवा गरे ।
‘रेल, विमानस्थल र खानी उत्खनन् हुन्छ’ आगामी सरकारका कार्यभार बताउँदै गिरीले एमालेकै सामाजिक सुरक्षा भत्ताको नारामा कांग्रेसले जनमत बटुल्न नसक्ने ठोकुवा गरे ।
‘नक्कल गर्न पनि अक्कल चाहिन्छ’ गिरीले कांग्रेसलाई देशको भण्डार खाली बनाएर कंगाल बनाउन लागेको आरोप लगाए ।
एमालेकै नेतृत्वमा रहेको सरकारले शुरुवात गरेको सामाजिक सुरक्षा भत्ता देखाएर जनतालाई भुलाउने कांग्रेसको रणनीति जनताले राम्रोसंग बुझेको भन्दै गिरीले सवै घटनाको मूल्यांकन जनताबाट हुने दावी गरे ।
रेल निर्माणको काम द्रूत गतिमा अघि बढछ । अन्तराष्ट्रिय विमान स्थलहरुको निर्माण हुन्छ । गिरीले भने–‘खानी उत्खनन् गरेर आर्थिक सम्बृद्धिका पथमा देश अघि बढ्छ ।’
देशको ढिकुटि रित्याउने प्रयासमा देउवा सरकार लागेको भन्दै वर्तमान सरकार इतिहासमा कांग्रेसको अन्तिम सरकार हुने डरले जनताको अहितमा निर्णयहरु गर्न लागेको समेत गिरीले आरोप लगाए ।




