Print

’चेक आउट’ हुन लागेको सरकारले गर्न मिल्ने सवै निर्णय गर्छ – मन्त्री विश्वकर्मा

१६ माघ, पर्वत । नेपाल सरकारका बाणिज्य मन्त्री मिन बहादुर विश्वकर्माले पाहुनाको रुपमा भित्रिएर चेक आउट हुन लागेको सरकारले गर्न मिल्ने सवै निर्णय गर्ने घोषणा गरेका छन ।

मंगलबार पर्वतको कुश्मामा आयोजीत एक नीजि विद्यालयको कार्यक्रममा बोल्दै विश्वकर्माले यो सरकार वैधानिक सरकार भएकोले सकारको हैसियतमा गर्न मिल्ने सवै खालका निर्णय गर्ने घोषणा गरेका छन ।

मन्त्री विश्वकर्माले देउवा सरकार बनेसंगै आचारसंहिता लागेकाले धेरै निर्णहरु सरकारले गर्न नसकेको भन्दै अर्को सरकार बन्ने अवधिसम्म वैधानिक रुपमा अझै धेरै निर्णय गर्ने इंकित गरे ।

‘बालुवाटार र सिंहदरवारमा बसेर गरेका निर्णय कसरी अवैधानिक हुन्छ’ मन्त्री विश्कर्माको प्रश्न छ–‘बृद्ध भत्ताको उमेर आउने सरकारले घटाउन हुन जाने सरकारले घटाउन मिल्ने कहाँ लेखेको छ ?’

उनले विरामीलाई सहयोग शुल्क र जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने सरकारको निर्णयको पक्षमा बोल्दै यो सरकारले विरामीलाई सहयोग गर्नुपर्छ भन्ने लागेकाले सहयोग गरेको दावी गरे ।

उनले भने–‘जस्ले देख्छ उसले गर्छ ।’

उनले वर्तमान सरकारले विरामीको पिडा र धेरै उमेर हुँदा बृद्ध भत्ता बुझन नपाएको गुनासो देखेकोले यस्तो निर्णय गरेको जिकिर गरे ।

एमाले नेतृत्व सरकारले शुरु गरेको सामाजिक सुरक्षा भत्ताको जस लिँदै भत्ता बढाउने देखि उमेर घटाउने सवै निर्णय कांग्रेस नेतृत्वको सरकारले गरेको दावी समेत गरे ।

फुटवल खेलको उदाहरण दिँदै मन्त्री विश्वकर्माले खेलाडी खेल मैदानमा जानु भनेको गोल हान्नु नै अन्तिम लक्ष्य रहेको जिकिर गरे ।

उनले वर्तमान सरकारले अझै धेरै बोल्ड निर्णय गर्नसक्ने तर्फ इंकित गर्दै भने –‘खेल मैदानमा खेल्दा गोल हाँदा आश्चार्य नमान्दा हुन्छ ।’

सरकार गोल हान्ने दिशामा अगाड बढेको उनको भनाई छ ।

कुश्मा स्थित शहिद स्मारक आवासीय माविले आयोजना गरेको शहिद स्मारक समारोहमा मन्त्री विश्वकर्माले यस्तो धारणा राखेका हुन ।

कार्यक्रममा प्रदेश सभा सदस्य ललितकला गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख मनोहर विश्वकर्मा पौडेल कुश्मा नगरपालिकाकी उप प्रमुख सिता काप्ले, जलजलागाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ल लगाएतले शहिदको स्मरण गर्दै आफ्नो भनाई राखेका थिए ।