१३ माघ, पर्वत । कुश्मा नगरपालिका वडा न ९ कटुवाचौपारी स्थित साइकल चोकमा रहेका ३ पसलमा विहिबार राती चोरी भएको छ ।
कटुवाचौपारी स्थित साइकलचोकमा रहेको लोकप्रसाद पौडेल लामगादेको पसलबाट १ लाख ६ हजार बराबरको नगद चोरी भएको छ ।
यसैगरी टुकनाथ सुवेदीको पसलबाट १० हजार नगद र पसलका सामाग्री सहित झण्डै ५० हजार बराबरको चोरी भएको ब्यापारीले बताएका छन ।
यसैगरी सोहि ठाउँमा पसल गर्दै आएका एकनाथ लामिछानेको पसलबाट ७ हजार नगद चोरी भएको छ ।
निकै योजनाबद्ध तारिकाले चोरले नगद र जिन्सी चोरेको ब्यापारीको आरोप छ ।
रातको समयमा आफूहरु सुतेको कोठामा अगाडिबाट चुकुल लगाएर पसलमा चोरी भएको ब्यापारी लामगादेले बताए ।
च्यानल गेटको चापी निकै चलाखीपूर्वक काटिएको र भित्री कोठाको चापी पनि एउटै प्रकृर्तिबाट फोरेर चोरले सामाग्री र नगद चोरेको उनीहरुको आरोप छ ।
पिडित ब्यापारीहरुले कुश्मा नगरपालिकाको कार्यालय र जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिएका छन ।
उनीहरुले साइकलचोकमा प्रहरी वीट नहुँदा चोरीका घटनाहरु पटक पटक दोहोरिएको भन्दै अस्थायी प्रहरी वीटको माग समेत गरेका छ ।
नगद सहितको सामाग्री घरवेटी सुतिरहेकै घरबाट रातको समयमा चोरी हुनुले चोरहरु पेसेवर रहेको भन्दै तिनीहरुको खोजी गरी तत्काल कारबाही गर्नुपर्ने भन्दै शान्ति सुरक्षालाई कडाई गर्न पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरीओम शर्मा लामिछानले माग गरेका छन ।




