Print

नगरपालिकाले यात्रु खोज्ने भएपछि, बलेवा विमानस्थलमा जहाज आउँदै

५ माघ, बागलुङ । २५ बर्ष देखि बन्द अवस्थामा रहेको बलेवा विमानस्थलमा जहाज चल्ने भएको छ । बागलुङ नगरपालिकाले यात्रु खोज्ने जिम्मा लिएसंगै विमानस्थलमा जहाज चल्ने भएको हो । बागलुङ नगरपालिकाले दिएको अनुसार यात्रु नभएको खण्डमा नगरपालिकाले जहाज कम्पनीलाई शुल्क तिर्ने सहमती भएसंगै विमान विमान चल्ने सहमती भएको हो । आगामी चैत्र देखि विमान चल्ने नगरपालिकाले जनाएको छ ।

बागलुङ नगरपालिका, नेपाल एयरलाइन्स र निजी क्षेत्रको तारा एयरलाइन्स बिच बिमान संचालन गर्ने बिषयमा सहमती भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बिहिवार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

नगरपालिकाको पुस २१ गते सम्पन्न बैठकले बिमान स्थल पुनः संचालन गर्न बिमान सेवा कम्पनीलाई बित्तिय स्रोतको प्रत्याभुती समेत दिनु परेमा दिने गरि हवाइसेवा संचालन गर्न अनुरोध गर्ने निर्णय समेत गरेको पौडेलले बताए ।

मेयर पौडेलले नेपाल वायुसेवा निगमसँग नगरपालिकाले विमान संचालनको लागि अनुरोध गरेको र निगमले मापदण्ड पु¥याएसी संचालन गर्न सक्ने बताएकाले मापदण्ड पु¥याउन नगरपालिका सहमत भएको जानकारी दिए ।

‘विमान चलाउने जोखिम ल्याउन सकेको भए २ वर्ष अगाडीबाट नै बागलुङमा विमान आईसक्थ्यो’ मेयर पौडेलले भने ‘ ‘नगरपालिकाको अगुवाईमा भएको कामलाई नै नगरपालिकालाई ओझेलमा पारेर केहीले जस लिने काम गर्नुभएको छ ।’

नेपाल वायुसेवा निगमसँग नगरपालिकाले हप्तामा २ पटक विमान संचालन गर्ने र १५ जना भन्दा कम यात्रु भएमा उक्त भार नगरपालिकाले व्यहोर्ने गरेर सम्झौता गरेको मेयर पौडेलले स्पष्ट पारे ।