Print

राज्यको परिभाषामा बागलुङ र म्याग्दी भन्दा पर्वत धेरै ‘दुर्गम’

६ माघ, पर्वत । सुगमताको हिसावले जिल्लाबासीले पर्वतलाई सुगम ठानेपनि राज्यको परिभाषामा पर्वत जिल्ला ‘ख’ वर्गको दुर्गम जिल्लामा सुचिकृत छ । सरकारी कागजातहरुमा जिल्लालाई ‘ख’ वर्गको दुर्गम जिल्लामा सुचिकृत गरिएको हो ।

गत कार्तिक १७ गते संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले जिल्लाहरुमा जारी गरेको एक परिपत्रमा पर्वतलाई दुर्गम मध्येको ‘ख’ ख जिल्लामा सुचिकृत गरेको हो ।

मन्त्रालयले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका लागि आब्हान गरेको आइटि अफिसर कर्मचारीको आब्हान सम्बन्धि सुचनामा कर्मचारीको तलब विवरणमा यस्तो बर्गीकरण गरेको छ ।

‘क’ वर्गका जिल्लाहरुमा बझाङ, बाजुरा, दार्चुचला, डोल्पा, हुम्ला, जाजलकोटर, जुम्ला, कालिकोट, मनाङ, मुगु, मुस्ताङ, रोल्पा, रुकुम, संखुवासभा, सोलुखुम्बु र ताप्लेजुङ सुचिकृत छन । क वर्गका कर्मचारीले दुर्गम भत्ता वापत ७ हजा ५ सय रुपैंया पाउने छन ।

त्यसैरी ‘ख’ ख वर्गमा सुचिकृत अछाप, अर्घाखाँची, वैतडी, भोजपर, डडेलल्धुृरा, दैलेख, दोलखा, डोटी, गुल्मी, खोटाङ, ओखलढुंगा, पाँचथर, पर्वत, प्यूठान, रामेछाप, रसुवा, सल्यान र तेह्थुमका कर्मचारीले दुर्गम भत्ता वापत ५ हजार रुपैंया पाउने गरी सुचिकृत गरिएको छ ।

सुगमताका हिसावले मध्यम मानेर सरकारले ‘ग’ वर्गमा सुचिकृत बागलुङ, बर्दिया, दाङ, धादिङ, धनकुटा, गोर्खा, इलामी, कैलाली, कञ्चनपुर, लम्जुङ, म्याग्दी, पाल्पा, सिन्धुली, सिन्धुपाल्चोक, सुर्खेत, स्याङजा, तनहुँ र उदयपुरका कर्मचारीले मासिक २ हजार ५ सय दुर्गम भत्ता पाउनेछन ।
बाँकी जिल्लाहरुलाई सरकारले सुगम मानेर दुर्गम भत्ता दिएको छैन ।

विकास र पहूँचको हिसावले पर्वतलाई प्रदेश राजधानीसंग जोडिएका जिल्ला मानिन्छ । प्रदेश राजधानीबाट पर्वत सदरमुकामम जम्मा ५७ किलोमिटर मात्र टाडा छ । सवै गाउँमा कञ्चि सडक पुगेका छन ।

सवै वडामा विजुली पुगेको छ । सवै वडाहरुमा माध्यमिक तहको अध्ययन हुने विद्यालयहरु छन । सवै वडामा स्वास्थ्य चौकी छन । जलविद्युत आयोजनाहरुबाट विद्युत उत्पादन हूँदा आन्तरीक आय पनि सन्तोषजनक छ ।

विकासको सुचंकाङमा अगाडि भएपनि पर्वत राज्यको परिभाषामा दोस्रो वर्गको दुर्गम जिल्लामा सुचिकृत छ । धौलागिरी क्षेत्रका बागलुङ, म्याग्दी र मुस्ताङका सदरमुकाम जाने प्रमुख नाकाको रुपमा रहेको पर्वत भूगोलको हिसावले देशकै चौथो सानो जिल्ला पनि हो ।