५ मंसीर, पर्वत । निर्वाचनको पुर्वसन्ध्यामा पर्वतको विहादी गाँउपालिका वडा नंं १ बाच्छामा नेपालि काङग्रेसका २ दर्जन कार्यकर्ता एमालेमा प्रवेश गरेको छन् । सोमबार युवा संघ नेपालकाका केन्द्रिय सदस्य युवा नेता सुन्दर भुषाल र हरिहर पोखरेलले उनीहरु लाई अबिर फुल माला र खादा ओडाएर पार्टीमा स्वागत गरेका थीए । युवा नेता भुषालको पहलमा काङग्रेसक गढ मानिने बाच्छामा काङग्रेसका जुझारु कार्यकर्ता लाई पार्टीमा ल्याउन सफल भएको एमालेको भनाई छ ।
पार्टी प्रवेश गराउदै नेता भुषालले गठबन्धनको अर्थ र आगामी कार्य दिशाको बारेमा जानकारी गराउदै देशको विकास,समृद्धि र परिर्वतन अब बामगठबन्धन बाट मात्र सम्भब रहेको बताउनुभयो । उहाँले अन्य काङग्रेसका कार्यकर्ता लाई बेलैमा सोच्न आग्रह गर्दै देश भर बामगठबन्धन प्रति आकर्षण बढेकाले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा बा गठबन्धनको दुई तिहाई सिट आउने दाबी गर्नुभयो । देशको स्वाभिमान बचाउँदै देश जोगाउने जिम्मेवारी कम्युनिष्टको काँधमा आएको बताउदै भुषालले बामगठबन्धन लाई मतदान गरी सुनौलो नेपाल बनाउन सहयोग गर्न अपलि गर्नुभयो ।
उहाँले अब नेपाली काङग्रेसको युग समाप्त भएको बताउनुभयो । प्रवेश गर्ने हरुमा विक्रम क्षेत्री,हरी प्रसाद गुरुङ,सुरेस केसी,भरत क्षेत्री,भवन केसी,राजु के.सी.,डम्बर कार्की,जिवन सोनी,सविन गुरुङ,अमित नेपाली लगाएत रहेका छन् । सिद्धान्तहिन कांग्रेसपार्टीमा इमानदार कार्यकर्ताको ठाउँ नरहेको र काङग्रेस बाट कुनै परिर्वत हुन नसक्ने भएकाले एमालेमा प्रवेश गरेको उनीहरुको भनाई छ ।
यसै बिच विहादी बाच्छामा युवा संघ गठन भएको छ । महेश गुरुको संयोजकत्वमा ९ सदस्य युवा संघ गठन गरिएको हो ।जसको सह संयोजका सुमन वि.पौडेल रहनुभएको छ भने सदस्यहरमा ललित गुरुङ,प्रेम गुरुङ,सुस्मिता गुरुङ,तुल बा. क्षेत्री,लोक बा. गुरुङ,बाल कृष्ण गुरुङ र भिमराज थापा रहनुभउको छ ।




