५ मंसीर, पर्वत । बालबालिका, विद्यार्थी, शिक्षक र विद्यालयलाई राजनैतिकदलकागतिविधिहरुमाप्रयोग नगर्ने लिखित प्रतिबद्धता पर्वतमाक्रियाशील ठूला राजनैतिकदलहरुले जनाएका छन् ।
सदरमुकाम कुश्मामा आयोजित विद्यालय शान्ति क्षेत्रका लागि सरोकारवालाको प्रतिबद्धता विषयक अन्तर सम्वाद कार्यक्रममा दलहरु र अन्य सरोकारवालाहरुले उक्त प्रतिबद्धता प्रकट गरेकाहुन् ।शिक्षाकालागि राष्ट्रिय अभियान नेपाल, जिल्ला सञ्जाल, नागरिक समाज सञ्जाल र गैसस महासंघ जिल्लाशाखाद्वारा संयुक्तरुपमाआयोजितकार्यक्रममा नेकपाएमाले, नेपालीकांग्रेस, नेकपामाओवादी केन्द्र र नयाँशक्ति पार्टीका केन्द्र र जिल्लास्तरका नेताहरुले आसन्ननिर्वाचन र अन्य समयमापनिआफ्ना राजनैतिक सभा, समारोह, जुलुसप्रदर्शन
लगायतकागतिविधिहरुमाबालबालिका, विद्यार्थी, विद्यालय र शिक्षकहरुलाई प्रयोग नगर्ने कुरा समेटिएको नौ बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । राजनैतिकदलहरुका साथमाजिल्लामाक्रियाशीलनागरिक समाजकाविभिन्न संघसंगठनहरु, शिक्षकका पेशागत संगठनहरु र सरोकारवाला सरकारी निकायहरुले पनि प्रतिबद्धता जनाएका छन् ।
लिखित रुपमा गरिएको प्रतिबद्धतापत्रमा विद्यालय परिसर भित्रकुनै पनि समयमा कुनै पनि किसिमको राजनीतिक गतिविधि (जस्तै प्रसार –प्रसार, भित्ते लेखन, जुलुस राजनीतिक छलफल, अन्तरक्रिया, गोष्ठी र सभाआदि) गर्ने छैनौं, विद्यालयको पठनपाठनलाई असर पार्ने गरी विद्यालय परिसर तथाआसपासमा सभा, जुलुस तथा ¥यालीको आयोजनागर्दैनौं,विद्यालयउमेर समूहका बालबालिकालाई कुनै पनि राजनीतिकदलको सभा, जुलुस, ¥यालीआदिमा स्वयम् सेवकका रुपमाप्रयोग गर्दैनौं, राजनीतिक दलहरुबाट घोषणा गरिएका बन्दकाकार्यक्रम, आमसभातथा ¥यालीका बेलानियमितरुपमाविद्यालय सञ्चालनगर्न र नियमित पठनपाठन गर्न कुनै पनिकिसिमको बाधा पु¥याउँदैनौं भन्ने लगायतकाविषयहरु राखिएका छन् ।
दलहरु, शिक्षकका पेशागत संगठन र नागरिक समाजका संस्थाद्वारा हस्ताक्षरित प्रतिबद्धता पत्रमाविद्यालयमाकुनै पनिकिसिमको जात, लिङग, पहुँच, भूगोल, रुप, रङ, धर्म, संस्कृति, आर्थिक अवस्था, शारीरिक बनोट आदिकाआधारमा एक अर्कामाथिआक्षेप लगाउने र भेदभावनगर्नुका साथै विद्यालयमाआएकागुनासाको उचितएवं तत्काल सम्बोधनकालागि स्थानीयतहलाई जवाफदेहीबनाउँछौं, विद्यालयको कुनै पनिआर्थिक, भौतिक स्रोतसाधनतथा वस्तु आदिलाई राजनीतिकप्रयोजनको लागिप्रयोग गर्दैनौं, स्थानीयनिकायमा रहेका राजनीतिकप्रतिनिधिलाई स्थानीयतहको शैक्षिकविकासकागतिविधिमापूर्णरुपमाजवाफदेही बनाउँछौं, विद्यालयहाताभित्रकुनै पनिप्रकारको घरेलु तथाअन्यहातहतियार प्रदर्शन गर्न, लिएर जानवा भण्डारण गर्न पूर्णरुपमानिषेध गर्छौं र विद्यालयलाई अत्यावश्यक सेवाको क्षेत्रभित्र राख्दै निर्वाचनको प्रचारप्रसार वा राजनीतिकप्रयोजनकालागि राजनैतिकदलवाउम्मेदवारहरुले शिक्षकहरुलाई प्रयोग तथा परिचालनगर्दैनौं भन्ने विषयहरु पनि परेका छन् ।
संवादकार्यक्रममा नेकपाएमालेका रामचन्द्र सुवेदी, नेपालीकाँग्रेसकाकुलप्रसादउपाध्याय, नेकपामाओवादी केन्द्रकाशंकर गिरी र नयाँशक्ति पार्टीका सुनिलपौडेलले मन्तब्य राख्दै आफूहरु प्रतिबद्धतापत्रमाउल्लिखितबुँदाहरु व्यवहारमापालनगर्न प्रतिबद्ध भएको बताउनुभयो । सोहीकार्यक्रममाप्रमुखजिल्लाअधिकारी राजेश पन्थी,प्रहरी नायवउपरिक्षक दिलिप घिमिरे, जिल्लाशिक्षाअधिकारी रमेशराजपौडेल र जिल्लानिर्वाचनअधिकृत लक्षु शर्माले निर्वाचनमाकुनै पनिबहानामाबालबालिका, विद्यार्थी, विद्यालय र शिक्षकलाई राजनैतिकदलका राजनैतिकगतिविधिहरुमा सहभागीनगराउन राजनैतिकदलहरुलाई आग्रहगर्दै नागरिक समाजलाई यस कार्यको नजिकबाट अनुगमन गरी आवश्यकखबरदारी गर्न अनुरोध गर्नुभयो । प्रमुखजिल्लाअधिकारी पन्थीले केहीदिन अघि शिक्षाकालागि राष्ट्रिय अभियान नेपाललगायतकानागरिक समाजका संगठनहरुले विद्यालयशान्तिक्षेत्र कायमगर्ने विषयमादिएको ध्यानाकर्षण पत्रको तत्कालकार्यान्वयनगर्न जिल्लामाक्रियाशील राजनैतिकदल, जिल्लाशिक्षाकार्यालय र जिल्लाशिक्षाकार्यालयमार्फत जिल्लामा रहेका सबै विद्यालयहरुलाई पत्राचार गरेर अनुरोध गरिसकिएको जानकारी गराउनु भयो ।
विद्यालयशान्तिक्षेत्रकालागि सरोकारवालाको प्रतिबद्धता विषयक सम्वादकार्यक्रमको अध्यक्षतानागरिक समाज सञ्जालका संयोजकविश्वराज पाण्डेयले गर्नुभएको थियो भने विषयगतअवधारणपत्र प्रस्तुतीशिक्षाकालागि राष्ट्रिय अभियान नेपालकाबोर्ड सदस्य राजेन्द्र पहाडीले गर्नुभएको थियो । कार्यक्रममाउपस्थितअथितिहरुलाई स्वागत गैसस महासंघ पर्वतकाअध्यक्षशिवप्रसादशर्मा र कार्यक्रमको सञ्चालन सचिव यज्ञप्रसादशर्माले गर्नुभएको थियो ।




