Print

अपडेट : तिर्थ यात्रु बोकेको वस पर्वतको आर्थरमा दुर्घटना (तस्विर सहित)

१ मंसीर, पर्वत । धार्मिक तथा पर्यटकीय स्थल पञ्चासेबाट पर्वतको आर्थर आउँदै गरेको यात्रुबहाक बस पर्यटकीय स्थल पञ्चासेमा दुर्घटना भएको छ । दुर्घटनामा पोखरा लेखनाथ महानगरपालिका मालेपाटनका दिपक गुरुङ्गको मृत्यु भएको छ ।

बालाचतुर्दशीमा पञ्चासेमा सत्बीज र्छन गएका तीथ यात्री बोकेर आर्थर आउँदै गरेको ध १ ख ८७ नम्बरको बस दिउँसो ४ बजे कुस्मा नगरपालिका –१४ रेसको पाखामा दुर्घटना भएको हो । पर्वत कास्की र स्याङ्गको सिमानामा पर्ने भञ्याङ्गमा सडकबाट सय मिटर तल खसेको बसमा सवार ४० यात्रु घाइते भएका छन । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर छ । दुर्घटनामा घाइेतहरुको उद्दार गरि पोखरा पठाएको उद्दारमा संलग्न मनोज गुुरुङ्गले जानकारी दिए ।