- 30 कातिर्क, पर्बत। धार्मिक तथा पर्यटकीय स्थल पञ्चासेबाट पर्वतको आर्थर आउँदै गरेको यात्रुबहाक बस दुर्घटना भएको छ । बालाचतुर्दशीमा पञ्चासेमा सत्बीज र्छन गएका तीथ यात्री बोकेर आर्थर आउँदै गरेको ध १ ख ८७ नम्बरको बस केही बेर पहिले दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको र धेरै घाइते भएको बताइएको छ। पर्वत कास्की र स्याङ्गको सिमानामा पर्ने भञ्याङ्गमा सडकबाट सय मिटर तल खसेको बताइएको छ । दुर्घटनामा घाइेतहरुको उद्दार गरि पोखरा पठाउने तयारी भएको छ। घटना स्थलमा धेरै संख्यामा घाइते भएकाले उद्दारको आवश्यकता रहेको कुस्मा नगरपालिका १४ का वडा अध्यक्ष भिमप्रसाद गुरुङ्गले बताए । स्थानीयमा अनुसार पोखराका दिपक गुरुङको मृत्यु भएको छ । बिस्तृत बिबरण आउन बाँकी
Print
अपडेट : पंचासेमा बस दुर्घटना एक जनाको मृत्यु भएको पुष्टि



